१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १९:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केन्द्रको निर्णयले मात्रै प्रदेशको समीकरण तलमाथि हुन्छ : मुख्यमन्त्री पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४५:oo

बागमती प्रदेशमा सरकार परिवर्तन हुने चर्चा भइरहेको वेला मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्णयले मात्र प्रदेशको समीकरण तलमाथि हुन सक्ने बताएका छन्।  उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रदेश सरकारको नेतृत्व फेरबदल नहुने सार्वजनिक उदघोषण गरिसकेकाले अहिले नै प्रचार गरिएजस्तो बागमती प्रदेश समीकरण नबदलिने दाबी गरे । हेटौँडामा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्।

'प्रधानमन्त्रीज्यू आफैँले प्रदेश सरकार फेरबदल हुँदैन भन्नुभएको छ।  त्यसैले अहिले सरकार फेरबदलको सम्भावना छैन,' उनले भने । 

गत कात्तिकमा बागमतीमा तीन दल मिलेर नयाँ सरकार बनेको थियो । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे गठबन्धन सरकारमा मुख्यमन्त्री छन् । 

कात्तिकमा सरकार बन्दा बाँकी रहेको समय आधा आधा अर्थात् ६–६ महिना सरकारको नेतृत्व  गर्ने सहमति एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच भएको थियो । अहिले कांग्रेसले प्रदेशको बजेट पास भएपछि सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग गरिरहेको छ । 

'सहमतिअनुसार इन्द्र बानियाँ मुख्यमन्त्री बन्नुपर्ने हो। त्यति वेला ६–६ महिना सरकारको नेतृत्व गर्ने सहमति भएकै हो,' कांग्रेस एक प्रदेश सांसदले भने, 'सहमतिअनुसार अब अघि बढ्नुपर्छ । केन्द्रसँग कुराकानी भइरहेको छ ।'

बजेट पास भएपछि नयाँ समीकरण बन्न सक्ने उनको तर्क छ । तर मुख्यमन्त्री पाण्डेले भने प्रदेशमा भएको सहमतिले सरकार फेरबदल गर्ने गरी अर्थ नहुने बताए। 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डेले प्रदेशबाट समीकरणको निर्णय हुन नसक्ने बताए । उनले केन्द्रीय गठबन्धनका कारण प्रदेश समीकरण बनेको भन्दै केन्द्रीय नेतृत्वले चाहे मात्र समीकरण परिवर्तन हुने दाबी गरे ।

'यो प्रदेश सरकार माथिबाट बनेको हो, यहाँबाट बनेको होइन, माथिबाट सञ्चालित छ । गठबन्धनका शीर्ष नेताहरूबीच जे सहमति बन्छ, त्यसैले यो सरकार समीकरणको आगामी बाटो तय गर्छ,' उनले भने ।