१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ ३० सोमबार १८:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

Read Time : < 1 मिनेट
२०७९ जेठ ३० सोमबार १८:३६:००

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश सरकारका तर्फबाट गत २४ जेठमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सोमबारको बैठकले पारित गरेको हो । 

प्रदेश सभामा पेस भएको नीति तथा कार्यक्रममाथि गत २६ जेठदेखि छलफल सुरु भएको थियो । छलफलमा प्रमुख प्रतिपक्षी दलका नेतासहित ४१ जना सांसदले भाग लिएका थिए । छलफलका क्रममा उठेका विभिन्न विषयहरूमा प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार जवाफ दिएका थिए । मुख्यमन्त्रीले जवाफ दिएसँगै नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले काेरोनाका कारण थला परेको आर्थिक र सामाजिक जीवनलाई सहज बनाउने गरी नीति तथा कार्यक्रमले विभिन्न कार्यक्रम समेटेको दाबी गरे । सहकारिता, सहअस्तित्व र समन्वयको भावनालाई आत्मसात गर्दै तीन तहका सरबारबीचको अन्तरसम्बन्धलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको उनले बताएका थिए । 

नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि सबै पक्षबाट सहयोग, समन्वय र सद्भाव पाउनेमा आफू विश्वस्त रहेको मुख्यमन्त्रीको भनाइ छ । नेपाल सरकार र स्थानीय तहका बीचमा रहेर प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने र जनतालाई सेवा प्रवाह गर्ने सवालमा प्रदेश सरकारले महत्वपूर्ण फड्को मारेको उनले दाबी गरे । 

उपलब्ध स्रोत र साधनको प्रभावकारी परिचालनबाट समृद्धिको लक्ष्य हासिल गर्न विगतमा जस्तै हामी सबै एकजुट हुन मुख्यमन्त्रीले अपिल गरे ।