मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ३० सोमबार
  • Saturday, 12 July, 2025
२o७९ जेठ ३० सोमबार १३:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोहलपुरमा विद्युतीय गाडी चार्जिङ स्टेसन स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३० सोमबार १३:२१:oo

बाँकेको कोहलपुरमा पहिलोपटक विद्युतीय गाडीका लागि चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। बिबी इन्टरप्राइजेज प्रालिले कोहलपुरमा विद्युतीय गाडी चार्जिङ प्वाइन्ट एन्ट रिफ्रेस सेन्टर सञ्चालनमा ल्याएको हो। पश्चिम नेपालमा पहिलोपटक विद्युतीय गाडी चार्जिङ प्वाइन्ट एन्ड रिफ्रेस सेन्टर सञ्चालनमा ल्याइएको प्रोप्राइटर विष्णु खनालको दाबी छ।

बिबी चार्जिङ प्वाइन्टले एकपटक गाडी चार्ज गरेको पाँच सय रुपैयाँ शुल्क लिने गरेको छ। नारायणघाटभन्दा पश्चिममा कोहलपुर र महेन्द्रनगरमा विद्युतीय चार्जिङ प्वाइन्ट स्थापना भई सञ्चालनमा ल्याएको उनले बताए। केही दिनभित्रै दाङको अमिलिया, भालुबाङ र सुर्खेतमा पनि चार्जिङ प्वाइन्ट सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।