१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o८:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बजार घटे पनि लगानी बढाउँदै लगानीकर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:o६:oo

अघिल्लो साता पाँच दिन खुलेको सेयर बजारमा नेप्से परिसूचक ३० दशमलव ५५ अंकले घटेर दुई हजार ४८ दशमलव १६ बिन्दुमा आइपुगेको छ । यस साता नेप्से परिसूचक दुई हजार एक सय १५ दशमलव ५९ को उच्चतम बिन्दुबाट ओरालो लाग्दै दुई हजार १६ दशमलव ८१ को न्यूनतम बिन्दुमा पुगेर केही उकालो लागेको हो ।

एक दशमलव ४७ प्रतिशतले घटेको बजारमा लगानीकर्ताले लगानी बढाउन थालेको देखिन्छ । बजार घटेर न्यूनतम बिन्दुमा आइपुग्दा कम्पनीहरूको सेयर मूल्य भने सस्तो बन्न पुगेको छ । जसले लगानीकर्तालाई लगानी बढाउन प्रोत्साहन मिलेको छ । एक ब्रोकरका अनुसार बजारमा कम्पनीको सेयर मूल्य सस्तो बन्न थालेपछि खरिद गर्नेहरू हाबी भएका छन् ।

अघिल्लो हप्ताको तुलनामा गत साता कारोबार रकममा वृद्धि भएकाले पनि लगानीकर्ताले लगानी बढाइरहेको देखिन्छ । साना लगानीकर्ता ‘पर्ख र हेर’को नीति अपाइरहने र ठूला लगानीकर्ताले लगानी बढाइरहँदा कारोबार रकम अघिल्लो तुलनामा बढेको छ । अघिल्लो साता ६ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार हुँदा यस हप्ता ६ दशमलव २८ प्रतिशतले बढेको छ । यस हप्ता औसत कारोबार एक अर्ब ३४ करोड रुपैयाँ रहेको छ । अघिल्लो हप्ता औसत कारोबार रकम एक अर्ब २४ करोड रुपैयाँ रहेको थियो । नेप्सेको हाल बजार पुँजीकरण दुई अर्ब ९१ करोड ५७ लाख ५९ हजार रहेको छ ।

त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स पनि दुई दशमलव ६८ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ वटै समूहका सूचक यस साता घटेका छन् ।यस साता उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी नाफा आर्जन गरेका छन् । संस्थाका लगानीकर्ताले ६१ दशमलव ०४ प्रतिशतले नाफा कमाएका हुन् । अघिल्लो साता संस्थाको सेयर मूल्य १७ सय ५७ दशमलव १० पैसा रहेको थियो भने बढेर २८ सय २९ दशमलव ६० रुपैयाँ पुगेको छ ।

त्यस्तै, बलेफी हाइड्रोपावरका लगानीकर्ताले ६० प्रतिशतले नाफा आर्जन गरेका छन् । अघिल्लो साता कम्पनीको सेयर मूल्य एक सय ६८ दशमलव ६० पैसा रहेको थियो भने यस साता बढेर दुई सय ७१ दशमलव २० रुपैयाँ पुगेको छ । यस हप्ता हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर सेयरका लगानीकर्ताले सबैभन्दा धेरै नोक्सान व्यहोरेका छन् । हिमालयन बैंकका लगानीकर्ताले २० दशमलव ६३ प्रतिशतले नोक्सान गुमाएका छन् भने इन्भेष्टमेन्ट बैंक प्रोमोटर सेयरका लगानीकर्ताले १६ दशमलव २१ प्रतिशतले नोक्सान गुमाउन पुगेका हुन् ।

 फेरि आइतबार सेयर बजार खोल्ने तयारी
नेपाल स्टक एक्सचेन्जले आइतबार पुनः बजार खुला गर्ने तयारी गरेको छ । सरकारले आइतबारसमेत दिँदै आएको सार्वजनिक बिदा असारबाट फिर्ता लिने निर्णय गरेसँगै नेप्सेले पुरानै नियमित कारोबार गर्ने जनाएको छ । ‘अहिले नै भन्न सकिँदैन, हामी छलफल गर्दै छौँ, निर्णय भएपछि सूचना जारी गर्छाँै,’ नेप्सेका एक अधिकारीले भने । गत जेठदेखि सरकारले परीक्षणका लागि भन्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नेप्सेले पनि सरकारको निर्णयसँगै आइतबार बिदा दिएर शुक्रबार नियमित कारोबार गरिरहेको थियो । 
 

ad
ad