१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
जिल्ला ब्युरो काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o७:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जिसस निर्वाचनको परिणाम धमाधम आउँदै

Read Time : > 1 मिनेट
जिल्ला ब्युरो, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:५३:oo

 सिन्धुपाल्चोकमा श्रेष्ठ र नेपाल 
जिल्ला समन्वय समिति सिन्धुपाल्चोक प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादी विजयी भएका छन् । प्रमुखमा कांग्रेसका बालकृष्ण श्रेष्ठ र उपप्रमुखमा एकीकृत समाजवादीका पदमनाथ नेपाल विजयी भएका हुन् । दुवैले १३–१३ मत ल्याए । स्थानीय निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर विजयी भएकी चौतारा साँगाचोकगढी नगरपालिका उपमेयर सीता थापाले कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय गरेपछि कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन बनेको हो । १२ स्थानीय तहमा पाँच प्रमुख र सात उपप्रमुख कांग्रेसले जितेको छ ।

  मुगुको प्रमुख र उपप्रमुखमा कांग्रेस 
जिससमुगुको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् । प्रमुखमा कांग्रेसका मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्विरोध निर्वाचित भएकी हुन् । सदस्यमा कांग्रेसबाट झमुरा रावल, पञ्चकला नेपाली, सुन्तला मल्ल, सोनाम लामा, धु्रव विक छन् । एकीकृत समाजवादीबाट दानबहादुर रावल र माअ‍ेवादीबाट कर्णप्रसाद माठागाई सज्याल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।जिससमा पनि कांग्रेस, माओवादी र समाजवादीले तालमेल गरेका थिए । जिल्लाका चार स्थानीय तहमध्ये एमालेले मुगुम कार्मारोङ गाउँपालिकामा एक मात्र उपाध्यक्ष जितेको थियो । एमालेले जिसस निर्वाचनमा समर्थक र प्रस्तावक नभएका कारण उम्मेदवारी दर्ता नै गरेन ।  

 रोल्पामा माओवादीकी आचार्य प्रमुख
जिसस रोल्पाको प्रमुखमा सीता आचार्य निर्विरोध निर्वाचित भएकी छन् । उपप्रमुखमा माओवादीकै कर्मलाल परियार निर्वाचित भए । सदस्यहरूमा सुनील स्मृति गाउँपालिकाबाट सुरज माइला, त्रिवेणी गाउँपालिकाबाट केवल घर्ती, लुंग्री गाउँपालिकाबाट मीना सुनार, थबाङ गाउँपालिकाबाट जितकुमारी विक, रोल्पा नगरपालिकाबाट निलम सुनार, माडी गाउँपालिकाबाट शेरबहादुर पुन र माडी गाउँपालिकाबाटै शर्मिला पुनमगर निर्विरोध निर्वाचित भएका छन् । रोल्पामा माओवादीको १४, कांग्रेसको पाँच र एमालेको एक मत थियो । दश स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २० मतदाता रहेकोमा १९ मत मात्र खसेको मुख्य निर्वाचन अधिकृत दिलीपराज पन्तले जानकारी दिए । 

 चितवन उपप्रमुखमा एसकी सापकोटा निर्विरोध
जिसस चितवनको उपप्रमुखमा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध भएकी छन् । सापकोटाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।गठबन्धनमा आबद्ध दल र नेकपा (एमाले) को समान भोट रहेको जिसस चितवनको प्रमुखमा एमाले र कांग्रेस दुवैको दाबी छ । नौ पदका लागि प्रमुख, उपप्रमुख र सदस्यमा गरेर १६ जनाको उम्मेदवारी परेको छ ।

जिसस प्रमुखमा सत्तागठबन्धनबाट कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेबाट नारायणप्रसाद अधिकारीको उम्मेदवारी परेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको मनोनयन दर्ता कार्यक्रममा तीनजना सदस्यमा गठबन्धनबाट माओवादी केन्द्रका अर्जुन भण्डारी, धर्मलाल देवकोटा, कांग्रेसका सञ्जीवप्रसाद पौडेलको उम्मेदवारी परेको छ । एमालेबाट कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी र लक्ष्मीनारायण चौलागाईंको उम्मेदवारी छ । 

तीनजना महिला सदस्यका लागि गठबन्धनबाट कांग्रेसकी अनिता चौधरी, एकीकृत समाजवादीकी पूजना गुरुङ, माओवादीकी सुमित्रा तामाङ श्रेष्ठको उम्मेदवारी परेको छ । एमालेबाट अनिता नेपाल र सविता चौधरीको पनि उम्मेदवारी छ । एकजना दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसबाट केशरीमाया सुनार र गुनु विकले उम्मेदवारी दिएका छन् । निर्वाचन तालिकाअनुसार सोमबार बिहान १०–११ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ । नयाँ नेतृत्वका लागि ३१ जेठमा मतदान हुनेछ ।

ad
ad