१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ जेठ २९ आइतबार १९:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम पारित 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ जेठ २९ आइतबार १९:१६:००

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा  कार्यक्रम आइतबार पारित भएको छ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको लागि गत २५ जेठमा प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आइतबार बहुमतले पारित भएको हो । 

प्रदेश १ मा पाँचदलीय गठबन्धनको सरकारले कृषिलाई व्यावसायीकरण गरेर उत्पादन बढाउने मुख्य योजनासहित आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको थियो । 
प्रस्तुत नीति कार्यक्रममा विश्वमा बढ्दो खाद्य संकटबाट जोगिन कृषि उत्पादन बढाउन जोड दिने कुरालाई मुख्य प्राथमिकता दिइएको छ । कृषिलाई प्रदेशमा आत्मनिर्भर बनाउन निजी क्षेत्रलाई पनि व्यावसायिक कृषिमा प्रोत्साहित गर्ने कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

कृषि उत्पादन बढाउन उत्पादनमा अनुदान दिने, मल, बिउ, बिजन सहज रूपमा आपूर्ति गराउने, एक पालिका एक उत्पादनको अभियान चलाउने र माछामासु र दूधमा प्रदेश १ लाई पूर्ण रूपमा आत्मनिर्भर बनाउने नीति कार्यक्रममा बताइएको छ । 

साथै धान, प्याज, मकै आदि बालिहरूको मिसन खेती सञ्चालन गरेर आयात घटाउने र कृषि उत्पादनहरूलाई सहकारीहरूमार्फत ब्रान्डिङ गरेर बजारीकरणमा प्रोत्साहन गर्ने बताइएको छ । 

मुख्य प्रतिपक्षी दल एमालेका सांसदहरूले भने छलफलका क्रममा सरकारले प्रस्तुत गरेको नीति कार्यक्रममा ठोस कुरा नभएको भन्दै आलोचना गरेका थिए । सत्तारुढ दलका सांसदहरूले भने नीति तथा कार्यक्रमको बचाउ गरेका थिए ।