१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीको प्रश्न– अरू पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भनेको सुन्नुभएको छ ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१o:oo

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीबाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरूको सम्मानमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमालेबाहेकका अन्य शक्तिले नसक्ने बताए । 

एमाले जस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरू नभएको ओलीको दाबी छ । उनले एमालेबाहेक अन्य दलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भनेको सुन्नुभएको छ ? भनी प्रश्नसमेत गरे । 

ओलीले भने, ‘सबै नेपालीले देशलाई माया गरे पुग्छ । देशलाई  माया गर्नु भनेको समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा गर्नु हो । देशमा भ्रष्टाचार उन्मूलन हुनुपर्छ, हाम्रो देश विकासमा अगाडि बढ्नुपर्छ । अभियानको रूपमा देशलाई विकासको अभियानमा अगाडि बढाउनुपर्छ भन्ने कुरा, यो कुरा गर्नेबित्तिकै अब यहाँ कसैले भन्ला–यो सांस्कृतिक क्षेत्रको कार्यक्रमको अवसर पाउँदा पनि राजनीति गर्यो भनेर । होइन, राजनीति हुँदै होइन । राजनीति म एकछिन बाहिरै राखिदिन्छु । तर, सही सत्य कुरा के हो भने–राजनीतिभन्दा बाहिर गएर, माथि उठेर सही सत्य कुरा के हो भने–देशलाई माया गर्नुहुन्छ भने, देशलाई बनाउनुछ भने देशलाई मानव उचित बनाउनुछ भने देशलाई मानव समाजजस्तो बनाउनुछ भने, विकसित, सभ्य, आधुनिक नेपाल निर्माण गर्नुछ भने एमालेबाहेक अरूले अगुवाइ गर्न सक्दैन । सही सत्य कुरा यो हो । यो राजनीति गरेको होइन, भोट मागेको होइन । देशको हितको पक्षमा बोलेको हो ।’
ओलीले देशको भूभाग समेटेर नक्सा जारी गर्न, चीनतिरको नाका खुलाउन, तराईमा डुबान भएको जमिन खोल्न, मिचिएको सीमा समस्या समाधान गर्न एमाले नै चाहिएको जिकिर गरे ।