मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ २७ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ २७ शुक्रबार १६:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बजेटबारे सांसदहरूले उठाएका सबै कुरा सरकारले सम्बोधन गर्छ : डा. संग्रौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ २७ शुक्रबार १६:४६:oo

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरूले उठाएका सबै कुरा सरकारले सम्बोधन गर्ने दाबी गरेकी छिन् । 

शुक्रबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद संग्रौलाले कर बढेकोलगायतका विषयमा सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गरेकाले त्यस्ता विषय कार्यान्वयन गरेर जान सम्बन्धित मन्त्रीहरूसमक्ष हुने विश्वाससमेत व्यक्त गरिन् ।

उनले बजेट राम्रो आएकाले त्यसको कार्यान्वयनमा ढिलाइ नहुने तर्कसमेत गरिन् । सांसद संग्राैलाले भनिन्, ‘कर बढी राख्या छ। यी विषयहरू सबै संसदमा उठेका छन्। सम्बन्धित निकायले यसलाई ध्यानाकर्षण गर्ला । अहिले माननीयहरूले उठाएको कुरामा पनि सभामुखले रुलिङ गर्नुभएको छ। सम्बन्धित मन्त्रीले कार्यान्वयन गर्नुहुन्छ ।’ सांसद संग्रौलाले बजेटले आयात प्रतिस्थापन गरेर मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन कृषि क्षेत्रको विकासमा जोड दिएको पनि बताइन्।