१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २७ शुक्रबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २७ शुक्रबार १३:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणबारे संसदमा जानकारी माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २७ शुक्रबार १३:२६:oo

प्रतिनिधिसभा सदस्य डा. सूर्यप्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका नेताले नै आशंका गरिरहेको उल्लेख गर्दै सो भ्रमणको सम्बन्धमा जानकारी माग गरेका हुन्। नेपाललाई सैन्य गठबन्धनमा प्रवेश गराइने हो कि भन्ने आशंकाहरू उब्जिएको भन्दै उनले राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तासँग जोडिएको विषयमा प्रधानमन्त्रीले जनतालाई जवाफ दिनुपर्ने बताए।

‘उहाँको आशंकाअनुसार त्यो अमेरिकाको भ्रमणमा स्टेट पार्टनरसिप प्रोग्रामअन्तर्गत नेपाल समावेश हुने पो हो कि, त्यसमा समावेश भो भने उहाँको भनाइअनुसार नेपाल सैन्य गठबन्धनमा प्रवेश गर्नेछ। नेपाल सैन्य गठबन्धनमा प्रवेश गर्ने भनेको पश्चिमा सेनाहरू नेपालमा उपस्थित हुनु हो। पश्चिमा सेनाहरू नेपालमा उपस्थित हुनु भनेको भविष्यमा नेपाल कतै दोस्रो युक्रेन त हुने होइन भन्ने प्रकारका गम्भीर आशंकाहरू उहाँले व्यक्त गर्नुभएको छ। सत्तारुढ गठबन्धनको प्रमुख घटकको प्रमुख नेताले यस्तो आशंका व्यक्त गरिसके पछाडि भित्रभित्रै गम्भीर प्रकृतिका षड्यन्त्र त भएका छैनन् भनेर हामी असाध्यै चिन्तित छौँ,’ उनले भने।