१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २१:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सेफ्टी ट्यांकीमा खसेर चितवनमा दुई सफाइ मजदुरको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:४५:oo

सेफ्टी ट्यांकीमा खसेर चितवनमा दुईजना सफाइ मजदुरको मृत्यु भएको छ । बुधबार भरतपुर महानगरपालिका वडा नं. १९ तमुटोका रामप्यारी गुरुङको घरको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा २४ वर्षका छतिराम थारू र २३ वर्षका रामबहादुर चौधरीको मृत्यु भएको हो । 

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ घर भएका छतिराम सफा गर्ने क्रममा अचानक चिप्लिएपछि उनलाई उद्धार गर्न खोज्दा रामबहादुरसमेत ट्यांकीमा फसेका थिए । नाताले छतिराम र रामबहादुर भिनाजु र सालो पर्छन् । 

उनीहरू लामो समयदेखि चितवन र आसपासका क्षेत्रमा सरसफाइको काम गर्दै आएका थिए । अहिले दुईवटै शव पोस्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

ad
ad