Skip This
एलजीको वाइफाई भएको एसी बजारमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २५ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २५ बुधबार o६:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एलजीको वाइफाई भएको एसी बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २५ बुधबार o६:२२:oo

एलजी ब्रान्डले स्मार्ट थिङक्यु भएको वाइफाईबाट चल्ने एसी नेपाली बजारमा ल्याएको छ । कम्पनीले वाइफाईमार्फत जुनसुकै ठाउँबाट आफ्नो मोबाइलमार्फत सञ्चालन गर्न मिल्ने स्मार्ट थिङक्यु भएको एससी बजारमा ल्याएको हो । 

यो एसी सञ्चालकले आफ्नो आवाजले पनि वाइफाईमार्फत नियन्त्रण गर्न सक्ने जनाइएको छ । इन्भर्टर प्रविधि भएको यस एसीमा १० वर्षको वारेन्टी रहेको जनाइएको छ । एलजी डुअल इन्भर्टर एसी सबै मौसमका लागि उपयोगी हुने कम्पनीको दाबी छ । एलजी एसीमा एन्टिभाइरस फिल्टर रहेकाले अनावश्यक प्रदूषण नियन्त्रण गर्नुका साथै ९९.९ प्रतिशतसम्म कीटाणु नष्ट गरी वातावरणलाई स्वच्छ बनाउने कम्पनीले जनाएको छ । 

एलजी घरायसी सामग्रीको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्सले बजारमा ल्याएको यो एसीमा डुअल इन्भर्टर कम्प्रेसर रहेको र यसमा ७० प्रतिशत बिजुली बचत गर्नुका साथै तुलनात्मक रूपमा छिटो तातो र मौससअनुसार छिटो चिसो  पार्ने विशेषता रहेको कम्पनीको दाबी छ ।