१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २३ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २३ सोमबार १७:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषदमा केही फेरबदल हुनुपर्ने महामन्त्री थापाको धारणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २३ सोमबार १७:२४:oo

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले मन्त्रिपरिषदमा केही फेरबदल हुनुपर्ने बताएका छन्। सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिलेसम्म मन्त्री नभएकाहरूले पनि आफ्नो काम देखाउने मौका पाउनुपर्ने बताएका हुन्। 

मन्त्रिपरिषद् हेरफेरको विषयमा पार्टीमा औपचारिक छलफल नभए पनि नयाँ अनुहारलाई मन्त्री बनाउनुपर्ने मागहरू पार्टीमा उठेको उनले बताए।

‘पार्टीका केही नयाँ सांसदहरू जसले मन्त्री बनेर काम गर्ने अनुभव गर्न पाउनुभएको छैन, नेपाली कांग्रेसको सरकार हुँदै गर्दाखेरी पनि केही नयाँ साथीहरूले मौका पाएको भए केही नयाँ कुराहरू सिक्ने मौका हुन्थ्यो। भविष्यका निम्ति उहाँहरूलाई नयाँ जिम्मेवारीलाई तयार गर्न सकिन्थ्यो भन्ने थुप्रै सांसदहरूको कुरा छ,' उनले भने,  'सभापति आफैँ संसदीय दलका नेता हुनुभएकाले उहाँले यसलाई कसरी सोच्नुभएको छ, त्यसमा धेरै कुरा निर्भर रहने भयो। तर केही फेरबदल हुनुपर्छ।’