१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार २१:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बेँसीसहर नगरपालिकालाई फुटसल प्रतियोगिताको उपाधि   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २१:३३:oo

लमजुङमा सञ्चालन गरिएको पहिलो फुटसलको प्रतियोगिताको उपाधि बेँसीसहर नगरपालिकाले जितेको छ । संघ, प्रदेश र स्थानीय तहबीचको प्रथम फुटसल प्रतियोगिताको उपाधि बेँसीसहर नगरपालिकाले जितेको हो  ।

पहिलो उपाधिका साथ नगरपालिका टिमले २६ हजारबराबरका खसी, ट्रफी, मेडल र प्रमाणपत्र पाएको  छ। प्रतियोगिता सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले आयोजना गरेको हो । 

प्रतियोगितामा तनहुँ, लमजुङ र गोरखाका गरी कुल १० टिमले भाग लिएका थिए । प्रतियोगिताको फाइनल खेल बेँसीसहर नगरपालिकाको टिम र बैंकर्स टिम लमजुङका बीचमा भएको थियो । प्रतियोगिताको फाइनल खेलमा शून्यका विरुद्धमा १० गोल गर्दै बेँसीसहर नगरपालिकाको टिम पहिलो भएको हो ।  

बेँसीसहरको टिमले पहिलो हाफमा पाँच र दोस्रो हाफमा पाँच गोल गरी १० गोलसहित जित हासिल गरेको हो । प्रतियोगितामा पुरस्कृत हुने अन्यमा सर्वाधिक गोलकर्ताको उपाधि विजेता टिमका ईश्वर अधिकारी भएका छ्न । उक्त प्रतियोगितामा अनुशासित टिममा पूर्वाधार विकास कार्यालय लमजुङको टिम छनोट भएको छ भने बेस्ट किपरमा सिडेन तनहुँका खेलाडी अभिशेक बरालले उपाधि पाएका छन् । 

त्यस्तै, उत्कृष्ठ खेलाडीमा द्वितीय हुने बैंकर्स टिमका गरिमा विकास बैंक बेँसीसहर शाखाका प्रमुख  सुरेश थापा रहेका छ्न् । खेलाडी सबैलाई सिडेन कास्कीका सदस्य अनुप शेरचनले एक एक हजार रुपैयाँ पुरस्कार प्रदान  गरेका थिए  । 

प्रतियोगितामा अनुशासित टिमलाई बेँसीसहर मोडल हस्पिटलले तीन हजार रुपैयाँ नगद पुरस्कार प्रायोजन गरेको थियो ।  नेपाली कांग्रेसका निवर्तमान सभापति  भेषबहादुर पौडेल, सिडेन नेपालका केन्द्रीय निवर्तमान उपाध्यक्ष लक्ष्मण केसी, कांग्रेस गण्डकी प्रदेशको संगठन विभागका प्रमुख हरिप्रसाद बरालले संयुक्त रूपमा विजयी खेलाडीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

विजेता खेलाडीलाई २६ हजार रुपैयाँबराबरको खसी तथा दोस्रो हुने टिमलाई १७ हजार रुपैयाँबराबरको बोका ट्रफी तथा मेडल र प्रमाणपत्र दिइएको सिडेनका जिल्ला अध्यक्ष इन्जिनियर दीपेन्द्र रावलले बताए ।

ad
ad