Skip This
अछाममा ‘ग्याङ फाइट’पछि बेपत्ता युवक मृत भेटिए
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
मृत भेटिएका विनोद शाही । तस्बिर : सामाजिक सञ्जालबाट ।
Invalid date format १४:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा ‘ग्याङ फाइट’पछि बेपत्ता युवक मृत भेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१o:oo

पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको शव फेला परेको छ। उनी विगत पाँच दिनदेखि बेपत्ता थिए। शनिवार बिहान गाउँनजिकैको जंगलमा शाहीको शव भेटिएको नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलले जानकारी दिए।

जेठ १७ गते गाउँकै युवाहरूबीच झगडा भएको थियो। त्यही दिनदेखि उनी आफन्तको सम्पर्कमा थिएनन्। त्यस दिन युवाहरूबीचको झगडा साम्य पार्न प्रहरी गाउँमै पुगेको थियो। झगडास्थलमा प्रहरी पुगेको भए पनि त्यसै दिनबाट शाही बेपत्ता रहेका गाउँलेहरूको भनाइ छ।

गाउँलेहरूले झगडा साम्य पार्न पुगेको प्रहरीले महिला तथा बालबालिहरूमाथि अभद्र व्यवहार गरेको आरोप लगाएका छन्। प्रहरीकै घेराबाट विनोदलाई बेपत्ता पारिएको गाउँलेहरूको आरोप छ।

प्रहरीले झगडा गर्ने युवाहरूलाई नियन्त्रणमा लिन खोज्दाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छ। सो भिडियोमा प्रहरीले एक युवकलाई लछारपछार गर्दै नियन्त्रणमा लिएको देखिन्छ। त्यहाँ महिलाहरूले प्रहरीले आफूहरूमाथि
दुर्व्यवहार गरेको बताइरहेको सुनिन्छ।