Skip This
नेपालले बहराइनलाई हरायो, सुपर ३ को आशा जीवितै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
तस्बिर : नेपाल क्रिकेट संघ
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १ बिहीबार १६:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले बहराइनलाई हरायो, सुपर ३ को आशा जीवितै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १६:३६:oo

नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा बहराइनविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस)का आधारमा ६ विकेटको जित निकालेको छ।

थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि नेपालले आठ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो।  उक्त लक्ष्य नेपालले ५.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेकाे हाे।

बिहीबार समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकालेसँगै नेपालले सुपर ३ को सम्भावना जीवितै राखेको छ। पराजित बहराइन भने समूह चरणबाटै बाहिरिएको छ।

जितसँगै तीन खेलमा पाँच अंक जोडेको नेपाल समूह ‘सी’को शीर्ष स्थानमा छ। पराजित बहराइन एक अंकका साथ पुछारमा छ।

अब नेपालले सुपर ३ मा पुग्नका लागि शुक्रबार हुने हङकङ र बहराइनबिचको खेल कुर्नुपर्नेछ। यो खेलमा बहराइन विजयी भए नेपालको अघिल्लो चरणको यात्रा तय हुनेछ।

आजको खेलमा नेपालका लागि कप्तान इन्दु बर्माले अविजित २४ र पूजा महतोले अविजित १३ रन बनाए। बहराइनका लागि पवित्रा सेट्टीले तीन विकेट लिइन्। त्यसअघि टस जितेर ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो।
 
खेल रोकिनुअघि जेनब फाज्ली चार र अबिरा वारिस एक रन बनाएर खेलिरहेका थिए।  यसैगरी रसिका रोड्रिगोले २४, कप्तान दीपिका रसांगिकाले २३ र थरंगा गजनायके १२ रन बनाएर पेभेलियन फर्किएका थिए।

यसअघि हङकङसँग अंक बाँडेको नेपालले बहराइनलाई नाै विकेटले पराजित गरेको थियो। हङकङसँगको दोस्रो भेटमा भने नेपाल सात विकेटले पराजित भएको थियो।