मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ २१ शनिबार १२:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इजरायली राजदूत र भरतपुर महानगरपालिका प्रमुखबीच भेटवार्ता

Read Time : < 1 मिनेट
२०७९ जेठ २१ शनिबार १२:४९:००

इजरायली राजदूत हानन गोदार र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालबीच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकाको कार्यलयमा भएको भेटवार्तामा दुई देशबीचको पारस्परिक सहकार्यमा केन्द्रित भएर छलफल भएको बताइएको छ ।  

भेटका क्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताएकी थिइन् ।  उनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई रिसर्च सेन्टरको रूपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको बताइन् । 
दाहालले चितवन कृषि उत्पादन तथा बजारको दृष्टिले महत्त्वपूर्ण ठाउँ भएकाले भगिनी सम्बन्ध कायम राख्नसमेत आफ्नो चाहना भएको बताएकी थिइन् । भरतपुर सुन्दर, सफा, हराभरा सहरका रूपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबीच सहकार्य अपरिहार्य रहेको उनले बताइन् । 

इजरायली राजदूत हानन गोदारले भरतपुरको कृषि क्षेत्रको विकासका लागि आफू सकारात्मक रहेको बताए । उनले इजरायबाट धेरै नेपालीले कृषि ज्ञान लिएर नेपालमा कृषि क्षेत्रमा अगाडि बढेको भन्दै खुसी व्यक्त गरेका थिए ।