Skip This
हज यात्रामा सरकारी अनुदान बढाउन माग गर्दै मुस्लिम आयोगका अध्यक्षलाई ज्ञापन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २१ शनिबार
  • Tuesday, 13 May, 2025
लक्ष्मण खनाल युएई
२o७९ जेठ २१ शनिबार १२:o८:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

हज यात्रामा सरकारी अनुदान बढाउन माग गर्दै मुस्लिम आयोगका अध्यक्षलाई ज्ञापन

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल युएई
नयाँ पत्रिका युएई
२o७९ जेठ २१ शनिबार १२:o८:oo

हज यात्रामा लाग्ने खर्चमा सरकारी अनुदान बढाउन  माग गर्दै मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीलाई  प्रबासी मुस्लिमको तर्फबाट ज्ञापनपत्र बुझाइएको छ।

युएई भ्रमणमा रहेका आयोगका अध्यक्ष अन्सारीलाई युएईमा कार्यरत मुन्ना सम्सुल हकले प्रवासी मुस्लिमको तर्फबाट शुक्रबार बेलुका बरदुबईमा ज्ञापनपत्र बुझाइएका हुन्। विज्ञप्तीमा मुस्लिम आयोगले यसबर्ष जारी गरेको सूचनामा हज यात्रामा  लाग्ने खर्च दोब्बर भएको भन्दै उक्त शुल्क घटाउन र सरकारी अनुदान  बढाएर हजीहरूको हज यात्रा सहज बनाउन अनुरोध गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली मुस्लिम समुदायहरूको आर्थिक अवस्था धेरै नै कमजोर छ। त्यसैले पनि हज समितिले जारी गरेको सूचनाअनुसार हाजी साहबहरूलाई लाग्ने खर्च व्यहाेर्न एकदमै कठिन हुने भएकाले उनीहरूलाई सरकारी अनुदानको व्यवस्था गरी सस्तो र सुलभ ढंगले उनीहरूको धार्मिक यात्रा पूरा गराइयोस्।’