१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक  ३३ अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:२४:oo

पछिल्लो एक साता निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रबार पनि घटेको छ। नेप्से परिसूचक ३३.७६ अंकले घटेर दुई हजार ७८.७० बिन्दुमा झरेको छ।

सेन्सेटिभ इन्डेक्स ७.१८, फ्लोट इन्डेक्स २.१३ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.८८ अंकले गिरावट आएको छ। शुक्रबार कारोबारमा आएका २२६ कम्पनीको ३८ लाख ४८ हजार कित्ता सेयर १ अर्ब ३० करोड ७३ लाख रुपैयाँबराबरमा खरिदबिक्री भएको छ।

आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये व्यापार र जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

नेप्सेमा भारी अंकले गिरावट आए पनि कारोबारमा आएका दुई कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा उन्नति सहकार्य लघुवित्त र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन्। अन्य प्रायः सबै कम्पनीको सेयर मूल्य उच्च अंकले गिरावट आएको छ।

कारोबार रकमका आधारमा ६ करोडभन्दा बढीको सेयर कारोबार गरेर एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ। आज नागरिक लगानी कोषको ४ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

ad
ad