१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनतालाई केन्द्रमा राखेर सेवा गर्न अध्यक्ष प्रचण्डको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२३:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरूको सुखदुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिएका छन्।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख तथा उपप्रमुखलाई आज आफ्नै निवास खुमलटारमा आयोजित एक कार्यक्रममा उनले विकास निर्माणको काम गर्दासमेत स्थानीय आवश्यकता र जनताको चाहनालाई ख्याल गर्न आग्रह गरेका हुन्। ‘जनतामा माओवादी नै सेवक हो, सुखदुःखमा साथ दिन्छ भन्ने मान्यता स्थापित हुने गरी काम गर्नुस्,’ उनले भने। 

स्थानीय तहका नवनिर्वाचित प्रमुख/उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौं आएका देशैभरका जनप्रतिनिधिलाई पनि अध्यक्ष दाहालले सोही खालको निर्देशन दिएका थिए। कार्यक्रममा सहभागी कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार सबै प्रतिनिधिलाई अध्यक्ष प्रचण्डले बधाई तथा शुभकामनासहित स्थानीय सरकार जनतामा जोडिएको सरकार भएकाले भूमिका बढाउनसमेत आग्रह गरेका थिए।

अध्यक्ष दाहालले जनताको मन जितेर काम गरेको खण्डमा पार्टीलाई एक नम्बर बनाउन कुनै समस्या नहुने बताएका थिए। पार्टीको विचार, सिद्धान्त र आचरणविपरीत कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै उनले सबैलाई सचेत गराए। अध्यक्ष दाहालको सचिवालयले पनि पार्टीसम्बद्ध स्थानीय तहका जनप्रतिनिधिलाई इमानदार भएर काम गर्न स्पष्ट शब्दमा निर्देशन दिएका पुष्टि गरेको छ।

माओवादीले बुधबार र बिहीबार देशैभरका नवनिर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखलाई काठमाडौं बोलाएर विभिन्न विधामा प्रशिक्षण दिएको थियो। आगामी आवको नीति तथा कार्यक्रम र बजेट तयार पार्नुअघि दिइएको प्रशिक्षणले सकारात्मक प्रभाव पर्ने कार्यक्रममा सहभागीको भनाइ छ। रासस