मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बल अघि बढाउँदै बाराको नवजनजागृति युवा क्लबका खेलाडी । तस्बिर : नयाँ पत्रिका
२०७९ जेठ २० शुक्रबार ०६:४५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मकवानपुर गोल्डकप : पहिलो खेलमा सिमरा विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ २० शुक्रबार ०६:४५:००

चौथो सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाराको नव जनजागृति युवा क्लब सिमरा विजयी भएको छ । सिमराले सर्लाहीको बागमती युवा क्लबलाई २–० ले हराएको हो । सिमराको जितमा विवेक चौधरी र कृपाकान्त चौधरीले एक–एक गोल गरेका थिए । 

खेलको आठौँ मिनेटमा विवेकले सिमरालाई १–० को अग्रता दिलाए । खेलको ८०औँ मिनेटमा कृपाकान्तले सिमरालाई २–० को स्थितिमा राखे । खेलमा थप गोल नहुँदा सिमरा २–० ले विजयी भयो । खेलमा सिमराका विवेक चौधरीले म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ पाएका छन् । 

खेलमा दुवै टोली सुस्त देखिए । सिमराको दुवै गोल सर्लाहीको कमजोर डिफेन्सका कारण भएको थियो । सिमराका प्रशिक्षक मुन्ना चौधरीले प्राप्त अवसरमा गोल गर्न सक्नु नै जितको आधार भएको बताए । 

३० जेठसम्म सञ्चालन हुने गोल्डकपमा १२ क्लबको सहभागिता छ । प्रतियोगिताअन्तर्गत शुक्रबार बिफसी भरतपुर र चर्च ब्वाइज क्लबबीच खेल हुनेछ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गरेका थिए । 

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ६ लाख रुपैयाँबराबरको बुलेट मोटरसाइकल प्रदान गरिनेछ । विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ, मनाङ मस्र्याङ्दी, फ्रेन्ड्स, खुमलटार युथ, विजय युथ क्लब हेटौँडा, बिएफसी चितवन, चर्च ब्वाइज र क्यामरुनको एभिनियर एफसी सहभागी हुनेछन् ।