१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरुवा–बढुवाका लागि नेताको घर धाउने अधिकृतको रेकर्ड राखिनेछ : आइजिपी सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५५:oo

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहले सरुवा र बढुवाका लागि राजनीतिक दलका नेताको घरघर धाउने अधिकृतको रेकर्ड राखिने चेतावनी दिएका छन्।

प्रहरी प्रधान कार्यालय नक्सालमा भएको पत्रकार भेटघाटमा महानिरीक्षक सिंहले सोर्सफोर्सका आधारमा हुने सरुवा–बढुवाले संगठनको गरिमा धुलिसात हुने उल्लेख गर्दै सरुवा र बढुवा क्षमताका अधार हुने बताए।

राजनीनिक दलको नेताका घरघर धाउने प्रहरी अधिकृतको गतिविधि प्रधान कार्यालयले सूक्ष्म ढंगले निगरानी गरिरहेको उनले भेटघाटमा जानकारी दिए। उनले भने, ‘संगठनमा सरुवा बढुवा मेरिटको आधारमा हुनुपर्छ। त्यो अब पनि कायम रहन्छ। सोर्सफोर्सका आधारमा हुने सरुवा–बढुवाले संगठनलाई बिगार्छ। कुनै अधिकृत सरुवा–बढुवाका लागि नेताको घरघर धाउने सुन्नमा आए उनीहरूको प्रधान कार्यालयले रेकर्ड राख्नेछ।’

व्यक्ति परिवर्तन हुना साथ संगठनको मूल उद्देश्य परिवर्तन हुने भन्दै उनले विगतका नेतृत्वले गर्दै आएका कामलाई नै प्राथमिकता दिने उनले बताए। आफ्नो कार्यावधिभित्रै निर्मला पन्त हत्या अनुसन्धान टुंगोमा पुर्‍याउने उनले प्रतिबद्धता व्यक्त गरे।
 
‘व्यक्ति परिवर्तन हुँदैमा संगठनको मूल उद्देश्य परिवर्तन हुँदैन। विगतदेखि हुँदै आएका कामलाई नै मैले निरन्तरता दिने हो,’ आइजिपी सिंहले भने,  ‘निर्मला पन्तको हत्या अनुसन्धान मेरै कार्यकालभित्र टुंगो लाग्नेछ। अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ।’