मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १९ बिहीबार
  • Thursday, 10 July, 2025
२o७९ जेठ १९ बिहीबार १५:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै लुभुका किसानले घेरे आयल निगम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १९ बिहीबार १५:३४:oo

आयल निगमले गरेको इन्धनको मूल्यवृद्धिका कारण दैनिक जीवन कष्टकर बनेको भन्दै लुभुका किसानले आयल निगम घेराउ गरेका छन्। प्रतिरोधको आयोजनामा लुभुमा जग्गा भाडामा लिएर खेती गरिरहेका किसानले आयल निगम घेराउ गरेका हुन्। उनीहरूले तत्काल मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

‘हामी किसानहरूलाई मूल्यवृद्धिका कारण बाँच्न कठिन परिरहेको छ। राज्यले हामीलाई जहिल्यै मारमा पार्दै आइरहेको छु,’ किसान तथा समाजवादी कृषि आन्दोलनका संयोजक अमृत विकले भने, ‘किसानसँग लड्नुको विकल्प कहिल्यै थिएन र अहिले पनि किसानलाई माथि उठ्न नदिने प्रपञ्च निरन्तर छ। श्रमजीवीले समस्या भोग्नुपर्ने, तर भ्रष्टाचारी र कमिसनखोरले यश–आरामको जीवन बाँच्ने परिस्थितिसँग हामी डटेर लड्नेछौँ।’

उनले राज्यव्यवस्था श्रमजीवीको नभएको बताए। प्रतिरोधले मूल्यवृद्धिको विरुद्धमा निरन्तर आन्दोलन गरिरहने जनाएको छ।