मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ १९ बिहीबार ०६:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकले मोबाइल एपमा सुरु गर्‍यो रेमिट्यान्स सेवा

Read Time : < 1 मिनेट
२०७९ जेठ १९ बिहीबार ०६:५६:००

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स मोबाइल बैंकिङ एपबाट  रेमिट्यान्स सेवाको सुरुवात गरेको छ । बैंकले आफ्ना  ग्राहकलाई डिजिटलमाध्यमको प्रयोग गरी विभिन्न सेवा–सुविधा प्रदान गर्ने क्रममा यो सुविधा ल्याएको हो ।

यो सुविधा सुरु भएपछि बैंकका ग्राहकले नेपालभरि आन्तरिक विप्रेषण पठाउन तथा प्राप्त गर्न, साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ एप प्रयोग गरी देशको जुनसुकै स्थानमा प्राप्त गर्न सक्ने जनाएको छ ।

ग्राहकले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको कुनै पनि शाखा तथा १२ हजारभन्दा बढी एजेन्ट वा सबएजेन्टबाट नगद नै प्राप्त गर्न मिल्ने सुविधा रहेको जनाइएको छ ।