१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १७ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १७ मंगलबार १७:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हरिजनको मृत्यु प्रकरणबारे अध्ययन गर्न गृहले बनायो छानबिन समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १७ मंगलबार १७:४९:oo

गृह मन्त्रालयले ‘खेताला कैदी’ प्रकरणमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ। गृहमन्त्री बालकृष्ण खाणले स्थलगत अध्ययन गरी रोल्पा कारागारमा जेठ ४ गते मृत फेला परेका कैदी सुन्दर हरिजनको मृत्यु प्रकरणबारे छानबिन गर्न मंगलबार ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।

गृह मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाई संयोजक रहेको समितिलाई ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन्। 

कारागार कार्यालयले भने हरिजनले आत्महत्या गरेको बताउँदै आएको छ। त्यस सम्बन्धमा कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईं नेतृत्वमा पनि समिति गठन गरिएको थियो। समितिले सोमबार प्रतिवेदन बुझाइसकेको छ। यद्यपि कारगारभित्रै मृत भेटिएका हरिजनको शंकास्पद मृत्यु भएको र उनी सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा बसिरहेको तथ्य खुलिसकेको छ।

 

याे पनि पढ्नुहाेस् : ‘खेताला कैदी’को जेलमै मृत्यु, वास्तविक कैदी विदेशमा