१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालयको शाखा नेपालमा पनि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३८:oo

भारतको नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआइयू)ले नेपालमा क्षेत्रीय कार्यालय स्थापना गरी शैक्षिक सेवा विस्तार गरेको छ। सोमबार नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालयका उपकुलपति प्रा.डा. उमा भारद्वाज र इ–स्पट ग्रुपका प्रबन्ध निर्देशक राकेशकुमार वैद्यले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन्।

विश्वविद्यालयले काठमाडौंमा रहेको इ–स्पट ग्रुपसँग मिलेर नेपालमा सेवा सुरु गरेको हो। उद्घाटन कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति भारद्वाजले नेपालमा खोलिएको शाखाले नेपाल र भारतको शैक्षिक सम्बन्धलाई थप प्रभावकारी बनाउने बताइन्।

त्यस्तै, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले चाँडै नै पोखरा विश्वविद्यालयले पनि एनआइयूसँग सहकार्य गर्ने बताए। इ–स्पट ग्रुपका प्रबन्ध निर्देशक वैद्यले एक लाखभन्दा बढी विद्यार्थीलाई विदेशमा पढ्न पठाइसकेको जानकारी दिए। 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, नेपालस्थित भारतीय राजदूतावास, काउन्सिल परामर्श संघ, शैक्षिक परामर्श दातालगायतको सहभागिता रहेको थियो। नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय युजिसी मान्यता प्राप्त विश्वविद्यालय हो। यस विश्वविद्यालयअन्तर्गत ७५ वटा क्याम्पसले दर्जन बढी शैक्षिक विभागबाट ५४ राष्ट्रका विद्यार्थीलाई शिक्षा दिँदै आएका छन्।