मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १७ मंगलबार
  • Sunday, 13 July, 2025
दीपक भट्ट रामेछाप
२o७९ जेठ १७ मंगलबार १३:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोरम्बा गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७९ जेठ १७ मंगलबार १३:५५:oo

संघीय सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे तापनि रामेछापको दोरम्बा गाउँपालिकाले भने उक्त निर्णय नमान्ने भएको छ। दोरम्बा गाउँपालिकाले संघीय सरकारले दिँदै आएको आइतबारको सार्वजनिक बिदा कटौती गर्दै कार्यालय खुला गर्ने जनाएको छ।

गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले उक्त निर्णय गरेको हो। गाउँपालिकाका नागरिकको हितलाई ध्यानमा राखेर सरकारले दिँदै आएको आइतबारको सार्वजनिक बिदा कटौती गरी कार्यालय खोल्ने निर्णय गरिएको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिए।

‘संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिए पनि हाम्रो पालिकामा नवनिर्वाचित जनप्रतिनिधिले उक्त निर्णय कार्यान्वयन नगर्ने र नियमित कार्यालय खोल्ने निर्णय गरेका छौँ,’ मोक्तानले भने।