मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस म्याग्दी
२०७९ जेठ १७ मंगलबार ०९:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तारा एयर दुर्घटना : थप १० जनाको शव कोवाङ ल्याइयो, काठमाडौं पठाउने तयारी हुँदै

Read Time : > 1 मिनेट
रासस म्याग्दी
२०७९ जेठ १७ मंगलबार ०९:१३:००

मुस्ताङको थासाङ गाउँपालिका- २ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ । मानापाथी हिमालको फेदीमा संकलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो ।

मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले  भने, ‘भिरमा अड्किएको एउटा शव निकाल्ने प्रयास भइरहेकाे छ भने  बेपत्ता एकजनाको खोजीकार्य जारी  छ । सोमबार नेपाली सेनाको हेलिकोप्टरले १० शव काठमाडौं लगिसकेको छ,’ उनले भने, ‘आज घटनास्थलबाट कोवाङ ल्याइएका शवलाई पनि काठमाडौं पठाउने तयारीमा छौँ ।’

तीनजना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९:५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमान हराएको १९ घन्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

भौगोलिक रूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार दुई सय मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान संकलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घन्टा उकालो हिँड्नुपर्छ ।  

करिब सय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेका थिए । अरू फर्किए पनि सेना र प्रहरीको १४ जनाको उद्धारकाे तालिमप्राप्त सुरक्षाकर्मी काे टाेली सानोसरेमा पाल टाँगेर बसेकाे थियाे । घटनास्थल पुगेर फर्किएका स्थानीयवासी इन्द्रसिंह शेरचनले विमानको पखेटा पहाडमा ठोक्किएर तल झरेको बताए । ‘विमान भिरालो पाखोमा ठोक्किएर तल खोँचमा खसेको देखिन्छ,’ उनले भने, ‘शवहरू धार परेको डाँडामा वल्लोपल्लो पाखामा छरिएका थिए । केही तल्लो डिलमुनि पुगेका थिए ।’ 

सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बाग्लुङको बडिगाड गाउँपालिका– ७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए । उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका थिए ।  शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियोसमेत पठाइदिएका थिए