१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o७:५o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गुजरात डेब्युमै च्याम्पियन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५o:oo

गुजरात टाइटन्सले १५औँ इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइपिएलमा डेब्यु सिजनमै गुजरातले उपाधि हात पार्दा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको थियो ।नरेन्द्र मोदी रंगशालामा आइपिएल पहिलो संस्करणको विजेता राजस्थानले आइतबार पहिले ब्याटिङ गर्दै २० ओभरमा एक सय ३० रनको मध्यम योगफल खडा गरेको थियो । 

प्रत्युत्तरमा गुजरातले १८.१ ओभरमा तीन विकेटको नोक्सानीमा एक सय ३३ रन बनाउँदै इतिहास रच्यो । गुजरातले ११ बलअघि नै फाइनल खेल जित्यो । गुजरातको जितमा सुबमान गिलले नटआउट ४५ रनको योगदान दिए । उनले ४३ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान हार्दिक पाण्ड्याले ३४ तथा डेभिड मिलरले ३२ रनको नटआउट योगदान दिए । पाण्ड्या र मिलरबीच चौथो विकेटका लागि ४७ रनको साझेदारी भएको थियो । पाण्ड्याले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे । मिलरले १९ बलमा तीन चौका र एक छक्का हिर्काएका थिए । यसअघि गिल र पाण्ड्याबीच तेस्रो विकेटका लागि ६३ रनको साझेदारी भएको थियो । 

गुजरातले पहिलो दुई विकेट २३ रनमा गुमाएको थियो । फाइनलअघिसम्म उत्कृष्ट ब्याटिङ गरेको राजस्थान यसपटक गुजरातसँग चुक्यो । बलिङमैत्री पिचमा राजस्थानका स्टार ब्याट्सम्यानले गतिलो ब्याटिङ गर्न सकेनन् । निरन्तर रूपमा विकेट गुमाउनु नै राजस्थानको हार कारण बन्यो । फाइनलमा पाण्ड्याले अलराउन्ड प्रदर्शन गरे । उनले चार ओभरमा १७ रन खर्चेर राजस्थानका तीन विकेट लिए । पाण्ड्याले १५औँ आइपिएलकै उत्कृष्ट ब्याटिङ गरेका जोस बटलरको मुख्य विकेट लिएका थिए । साइ किशोरले २० रन खर्चिंदै दुई विकेट हात पारे । राजस्थानको ब्याटिङमा बटलरले सर्वाधिक ३९ रन बनाए । 

विजेतालाई २० करोड भारु
भारतीय क्रिकेट बोर्डले १५औँ संस्करणमा दुई टोली थप गरेको थियो । गुजरातसँगै लखनउ पनि नवप्रवेशी टोली थिए । लखनउ दोस्रो प्ले अफबाटै बाहिरियो । गुजरातले भने आइपिएलको पहिलोदेखि फाइनलसम्म उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पा¥यो । उपाधिसँगै गुजरातले २० करोड भारु पुरस्कार पाएको छ । सन् २००८ पछि फाइनल पुगेको राजस्थानले उपविजेताका रूपमा १३ करोड भारु हात पा¥यो । यसैगरी तेस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले सात करोड भारु पायो ।

 व्यक्तिगतमा बटलर अगाडि
व्यक्तिगत उपाधितर्फ राजस्थानका बटरल निकै अगाडि रहे । उनले ६ फरक विधा जितेका छन् । प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यान उनी नै रहे । बटलरले १६ खेलमा आठ सय ६३ रन जोडे । उनले ओरेन्ज क्याप पाए । सर्वाधिक रन बनाउने विधाका विजेताका रूपमा बटलरले १५ लाख भारु पाएका छन् । प्रतियोगितामा बटलरले चार शतक जोडेका थिए । 

यसैगरी सर्वाधिक चौका प्रहार गर्ने बटबलर नै रहे । उनले ८३ चौका ठोके । यस विधाका विजेताले १० लाख भारु पाए । यसैगरी सर्वाधिक ४५ छक्का प्रहार गर्दै उनले १० लाख भारु हात पारे । मोस्ट भ्यालुएबल खेलाडी हुँदै उनले थप १० लाख भारु पाए । गेम चेन्जर खेलाडी घोषित हुँदै बटलरले १० लाख भारु पाएका छन् । पावर प्लेयर अफ दि सिजन बनेका बटलरले १२ लाख भारु पाए । 

अवार्ड र पुरस्कार 

  •  गुजराज टाइटन्स : २० करोड भारु (विजेता)
  • राजस्थान रोयल्स : १३ करोड भारु (उपविजेता)
  • रोयल च्यालेन्जर्स बैंलोर : ७ करोड भारु (तेस्रो)
  • लखनउ सुपर जाइन्ट्स ६.५ करोड भारु (चौथो)
  • उमरान मलिक : १० लाख भारु (इमर्जिङ प्लेयर)
  • युजबेन्द्र चहल : १० लाख भारु (पर्पल क्याप, २७ विकेट)
  • लकी फर्गुसन : १० लाख भारु (फास्टेट डेलिभरी)
  • इभिन लेविन : १० लाख भारु (क्याच अफ दी सिजन)
  • दिनेश कार्तिक : १० लाख भारुसँगै कार (सुपर स्ट्राइकर अफ सिजन)
  • गुजरात टाइटन्स र राजस्थान रोयल्स फेयर प्ले अवार्ड