Skip This
बजेट अधिवेशनमै प्रदेश १ को नामकरण टुंग्याउन मुख्यमन्त्री राईको जोड
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ १६ सोमबार
  • Monday, 10 August, 2026
गणेश लम्साल विराटनगर
२o७९ जेठ १६ सोमबार १४:o२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बजेट अधिवेशनमै प्रदेश १ को नामकरण टुंग्याउन मुख्यमन्त्री राईको जोड

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ जेठ १६ सोमबार १४:o२:oo

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले चालू बजेट अधिवेशनभित्रै प्रदेशको नामकरण जसरी पनि टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्। आजदेखि सुरु भएको प्रदेश १ सभाको दशाैँ तथा बजेट अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नामले प्रदेश सरकार मात्र नभएर सबै सांसद र राजनीतिक दललाई बदनाम गराएको चालू बजेट अधिवेशनमै नामकरण टुंग्याउनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री राईले प्रदेशको नामकरण सकेसम्म सहमतिमा टुंगो लगाउने, नभए प्रक्रियामा लगेर भए पनि टुंगो लगाउन पहल थाल्ने बताएका छन्। उनले बजेट पारित गरिसकेपछि नामकरणको प्रस्ताव संसदमा दर्ता हुने जानकारी गराए। संसदमा मुख्यमन्त्री राईले भने, ‘नामकरणका लागि सबै जुटौँ। सकेसम्म सहमति गरौँ, भएन भने प्रक्रियाबाट भए पनि सबै मिलेर टुंगो लगाऔँ।’

प्रदेश १ मा विराटनगर महानगर राजधानी भनेर संसदले बहुमतले टुंगो लगाए पनि दलहरूबीच सहमति हुन नसक्दा अझै नामकरण हुन सकेको छैन।  प्रदेश १ मा कोसी, सगरमाथा, किराँत, लिम्बुबान, कोसी–किराँत, सगरमाथा–किराँत, किराँत–लिम्बुवानलगायतका नाम चर्चामा छन्।