१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १६ सोमबार
  • Friday, 09 May, 2025
२o७९ जेठ १६ सोमबार १२:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुर अस्पतालमा चोरको आतंक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १६ सोमबार १२:४३:oo

चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आएकी एक ज्येष्ठ नागरिकको पैसा चोरी भएको छ । टिकट काट्ने ठाउँमा लाइन लाग्ने क्रममा ७४ वर्षीया मण्डली खनालको झोलामा भएको करिब २८ हजार रुपैयाँ चोरी भएको उनले बताइन्  ।उनी घाँटीको  उपचारका लागि अस्पताल आएकी थिइन् । 

अस्पताल परिसरमा ५५ भन्दा बढी सिसिक्यामेरा जडान गरिएको भए पनि  दिनहुँजसो पैसा, पर्स र मोबाइल चोरीका घट्ना बढ्दै गएका छन् ।