१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १o:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आठ लाख इम्बोस्ड नम्बर प्लेट जडान, २३ लाख सवारीचालक अनुमतिपत्र वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:२o:oo

सरकारले चालू आर्थिक बर्ष ०७८/७९ को फागुनसम्म आठ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । फागुनसम्ममा ३५ हजार तीन सय ४१ इम्बोस्ड नम्बर उत्पादन भएर आठ लाख तीन हजार तीन सय ६७ सवारीसाधनमा जडान भएको हो । अघिल्लो आर्थिक वषमा ३८ हजार तीन सय तीन इम्बोस्ड नम्बर प्लेट उत्पादन भई नौ हजार ५१ सवारीसाधनमा जडान गरिएको थियो । 

त्यस्तै, चालू आर्थिक वर्षको फागुनसम्म थप दुई लाख ४६ हजार ६ सय ५२ सवारीचालक अनुमतिपत्र वितरण भई हालससम्म २३ लाख ३७ हजार पाँच सय दुई सवारीचालक अनुमतिपत्र वितरण गरिएको छ । ०७८ असारसम्ममा २० लाख ९० हजार आठ सय ५० सवारीचालक अनुमतिपत्र वितरण भएको थियो ।

त्यस्तै, चालू आर्थिक वर्षको फागुनसम्म ३५ सार्वजनिक सवारीसाधनमा ट्र्याकिङ प्रणाली जडान भएको छ । सार्वजनिक सवारी यातायात सेवामा अनलाइन टिकट खरिद–बिक्री सुरुवात भएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बर्दिवास–निजगढ खण्डमा एक दशमलव ५ किलोमिटर ट्र्याक बेड निर्माण भई हालसम्म ५० दशमलव ५ किलोमिटर ट्र्याक बेड निर्माण भएको छ ।

त्यस्तै, राष्ट्रिय आयोजनाका रूपमा रहेको मेची–महाकाली विद्युतीय रेलमार्ग नौ सय ४५ किलोमिटर विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । त्यसैगरी, वीरगन्ज काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न भारत सरकारसँग सम्झौता ज्ञापनपत्र सम्पन्न भएको छ ।

ad
ad