मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७९ जेठ १४ शनिबार ०९:४२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हेम्जामा छैटौँ अन्तर्राष्ट्रिय शुभकामना कप हुने

Read Time : < 1 मिनेट
२०७९ जेठ १४ शनिबार ०९:४२:००

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख नगद पाउने

फुटबल एकेडेमी स्थापनाको लागि पोखरा महानगरपालिका २५ स्थित हेम्जामा छैटौँ अन्तर्राष्ट्रिय शुभकामना कप हुने भएको छ । ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने नारासहित पोखरा २५ स्थित हेम्जा युनाइटेड क्लबको आयोजनामा ४ देखि ११ असारसम्म स्थानीय गौरीशंकर खेलमैदानमा प्रतियोगिता हुने भएको हो । गत वैशाखमा हुनुपर्ने प्रतियोगिता स्थानीय निर्वाचनका कारण पछि सरेको हो । 

खेलकुदको माध्यमबाट युवाहरूलाई एकता भाइचारा सम्बन्ध बढाउँदै सिर्जनात्मक तथा रचनात्मक काममा अगाडि बढाउनुकाे साथै फुटबल एकेडेमी सञ्चलनका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए । यसकाे साथै स्थानीयस्तरमा नयाँ खेलाडी उत्पादन गर्ने र खेल मैदानको स्तरोन्नति गने योजनासमेत आयोजकको रहेको उनले बताए ।

आयोजकसहित आठ टिमको सहभागिता

ए डिभिजन र आयोजकसहित आठ टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजारसँगै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही २०/२० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। सर्वाधिक गोलकर्ताले २५ हजार र अनुसाशासित टिमले २५ हजार पाउनेछन् ।

प्रतियोगिता सञ्चलनका लागि ६३ लाख ५० हजार आम्दानी र ६१ लाख ६८ हजार पाँच सय रुपैयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ । आयोजक क्लब कास्की लिग विजेतासमेत हो ।