मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ १३ शुक्रबार २०:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश : आर्थिक वर्ष ०७९/८० बजेटका नीति, उद्देश्य र प्राथमिकता संसदमा पेस

Read Time : < 1 मिनेट
२०७९ जेठ १३ शुक्रबार २०:२९:००

आगामी आर्थिक वर्ष ०७९/८०का लागि प्रदेश सरकारको बजेटका नीति, सिद्धान्त, उद्देश्य र यसका प्राथमिकताकासम्बन्धी सैद्धान्तिक छलफलका लागि प्रदेश सभामा पेस गरिएको छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान बिष्टले छलफलका सभामा पेस गरेका हुन् । 

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा र कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले अंगीकार गरेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोचअनुरूप समावेशी, दिगो र उच्च आर्थिक वृद्धिको लागि सामाजिक न्यायसहितको दिगो, फराकिलो र तीव्र विकास गर्न समृद्ध कर्णालीको आधार : कृषि,  स्वास्थ्य, शिक्षा,  पर्यटन र भौतिक पूर्वाधार भन्ने मूल मर्ममा केन्द्रित भई म यस सम्मानित प्रदेश सभासमक्ष आर्थिक वर्ष ०७९/८० को कर्णाली प्रदेश विनियोजन विधेयक, २०७९ मा समावेश हुने बजेट तथा कार्यक्रम तर्जुमाका आधार र सिद्धान्तहरू प्रस्तुत गरेका मन्त्री बिष्टले बताए । 

बजेट प्रणालीमा विनियोजन कुशलता, मागमा आधारित उत्पादन, रोजगारी र आयआर्जन तथा सुशासन, आर्थिक, सामाजिक र भौतिक पूर्वाधार सञ्जालीकरणलाई प्राथमिकता दिई आमनागरिकलाई अनुभूतियोग्य, दिगो र प्रतिफलयुक्त कार्यक्रमहरूलाई दिगो विकासका लक्ष्य प्राप्तिसँग आवद्ध गरिने मन्त्री बिष्टले जानकारी दिए ।