१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १३ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ १३ शुक्रबार १७:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुन नदिने कानुन तर्जुमा गर्छौं : गृहमन्त्री खाण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १३ शुक्रबार १७:१९:oo

गृहमन्त्री बालकृष्ण खाणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बलात्कारलगायतका जघन्य अपराधका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेको बेला गृहमन्त्री खाणको यस्तो भनाइ बाहिर आएको हो ।

राष्ट्रिय मानवअधिकार आयोगको २२औँ वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले सुरक्षा संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गरिरहेको पनि बताए । त्यस अवसरमा गृहमन्त्री खाणले राष्ट्रिय मानवअधिकार आयोगका सबै सिफारिसहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । मानवअधिकारको पूर्ण प्रत्याभूतिका लागि कानुनी शासन र लोकतन्त्रको सुदृढीकरणमा जोड दिन पनि सरकारवाला सबैलाई प्रतिबद्ध हुन पनि उनले आह्वान गरे । 

गृहमन्त्री खाणले राष्ट्रिय मानवअधिकार आयोगको स्वयत्तता र स्वतन्त्रलाई आँच आउन नदिन सरकार प्रतिबद्ध रहेको बताए ।  त्यसका लागि सरकारले आवश्यक कानुन परिमार्जन गर्न संसदमा विधेयक पेस गरेको उनले बताए । गृहमन्त्री खाणले भूकम्पबाट क्षतिग्रस्त आयोगको केन्द्रीय कार्यालय भवन पुनर्निर्माणको कामलाई सरकारले छिट्टै अघि बढाउने आश्वासनसमेत दिए । गृहमन्त्री खाणले नेपालमा मानव बेचविखन हुन नदिन राष्ट्रिय मानवअधिकार आयोग र नागरिक समाजले खेलेको भूमिकाको पनि प्रशंसा गरे ।