१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालेनलाई बधाई दिँदै माधव नेपालले भने– सहकार्य गर्न हाम्रो पार्टी सदैव तत्पर छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४८:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहसँग समन्वय र सहकार्य गर्न आफ्नो पार्टी सदैव तत्पर रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले काठमाडौं महानगरपालिकाको प्रमुख पदमा जनताको लोकप्रिय मतसहित निर्वाचित भएका बालेन साहलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन्। ‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैव तत्पर रहेको छ,’ उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत हार्दिक बधाई तथा शुभकामना।’