१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आगलागीबाट ६ घरमा क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४२:oo

सप्तरीको छिन्नमस्ता गाउँँपालिका– ५ लोखरम भटोत्तरमा आज बिहान आगलागी हुँदा ६ वटा घरमा क्षति पुगेको छ। आगलागीका कारण महेन्द्र कामैत, शंकर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा पूर्ण रूपमा क्षति भएको छ।

आगलागीबाट गाउँबस्तीलाई जोगाउन बेचन कामैत र शनिचर कामैतको घरसमेत भत्काउनुपरेको छिन्नमस्ता गाउँपालिका– ५ का वडाध्यक्ष जयप्रकाश ठाकुरले बताए। उनका अनुसार गुहाली घरबाट सल्केको आगो बिहान ३ बजे महेन्द्रले थाहा पाएर गुहार मागेपछि करिब तीन घन्टाको प्रयासमा स्थानीयले नियन्त्रणमा लिएका हुन्।

चौपायालाई लामखुट्टेबाट जोगाउन बालिएको घुरबाट आगो सल्किएको महेन्द्रले बताए। आगलागीबाट मानवीय क्षति नभए पनि दुई खसी र दुई बाख्रा जलेर मरेका छन्।

आगलागीका कारण ती परिवारको घर र गोठसहित लत्ताकपडा, फर्निचर, अन्नपात, भाँडाकुँडा जल्दा रु. २३ लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बारुणयन्त्र पुग्ने बाटो नभएकाले बढी क्षति भएको भरत कामैतले बताए। रासस

ad
ad