१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १३ शुक्रबार ०६:५८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

शुक्र बने नेपालका  नम्बर एक गल्फर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १३ शुक्रबार ०६:५८:००

धरानका प्रोफेसनल गल्फर शुक्रबहादुर राई नेपालका नम्बर एक गल्फर बनेका छन् । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फको उपाधि उचाल्दै शुक्रबहादुर एक नम्बर गल्फर बनेका हुन् ।

उनले प्रतियोगितामा समग्रमा १९ अन्डर दुई सय ६९ को सानदार नतिजा निकाले । करियरकै उत्कृष्ट स्कोर गरेका शुक्रबहादुरले धरानका निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करियरको सातौँ उपाधि हात पारे । उपाधिसँगै उनले दुई लाख ५९ हजार रुपैयाँ पाए । उनले यो सिजनको कुल आठमध्ये पाँच प्रतियोगिता मात्र खेल्दै सर्वाधिक ६ लाख ६३ हजार पाँच सय पुरस्कार जिते । 

निरज १३ अन्डर दुई सय ७५ स्कोरका साथ उपविजेता बने । नेपालका निवर्तमान नम्बर एक खेलाडी भुवन नगरकोटी तेस्रो भएका छन् । उनले समग्रमा १२ अन्डर दुई सय ७६ स्कोर गरे । उनले अन्तिम दिन दुई अन्डर ७० स्कोर मात्र गरे । भुवनले यो सिजन पाँच लाख ८० हजार पाँच सय रुपैयाँ हात पारेका छन् । 

वरीयतामा उनी अब दोस्रो स्थानमा झरेका छन् । एमेच्योर वाङचेन ढोन्डुपले एक ओभर ७३ स्कोर गर्दै एमेच्योरतर्फको उपाधि हात पारे । समग्रमा उनले ११ अन्डर दुई सय ७७ स्कोर गर्दै प्रतियोगिताकै चौथो स्थान हात पारे । अर्का एमेच्योर खेलाडी महेन्द्र फगामी समग्रमा १० अन्डर दुई सय ७८ स्कोरसाथ एमेच्योरतर्फ दोस्रो भए।

उनले अन्तिम दिन ३ अन्डर ६९ स्कोर गर्दै पाँचौँ स्थान हात पारे । एमेच्योरतर्फ एकछत्र राज गरिरहेका सुवास तामाङ र पूर्णबहादुर शर्मा संयुक्त रूपमा एमेच्योरतर्फ छैटौँ स्थानमा रहे । दुवै खेलाडीले समग्रमा सात अन्डर दुई सय ८१ स्कोर गरे । 

इभन पार ७२ सहित समग्रमा पाँच अन्डर दुई सय ८३ सहित एमेच्योर आरव डी शाहले आठौँ स्थान हासिल गरे । भुवनकुमार रोक्का र रवि खड्काले समग्रमा तीन अन्डर दुई सय ८५ सहित संयुक्त रूपमा नवौँ स्थान बाँडेका छन् ।

अन्तिम दिन भुवनले दुई ओभर ७४ र रविले एक ओभर ७३ स्कोर गरे । पाँच ओभर दुई सय ९३ स्कोरका साथ व्यावसायिकतर्फ जयराम श्रेष्ठले १५औँ स्थान हात पारे । उनले चार लाख ७५ हजार पाँच सय पाए । 

च्याम्पियन शुक्रबहादुरले बिहीबार पहिलो होलमा बोगी खेपे । त्यसपछि उनले तेस्रो र सातौँ होलमा बर्डिज निकाली फ्रन्ट नाइन एक अन्डर ३५ स्कोर गरे । ब्याक नाइनमा उनले ११औँ , १२औँ र १८औँ होलमा एक–एक सट बचाउँदै दुई अन्डर ३४ स्कोर गरे । 

दोस्रो भएका निरजले फ्रन्ट नाइन इभन पार ३६ स्कोर गरे । उनले तेस्रो र सातौँ होलमा बर्डिज प्रहार गरे । चौथो र पाँचौँ होलमा उनले एक–एक सट खेर फाले । उनले ब्याक नाइन दुई ओभर ३८ स्कोर गरेका थिए । 

चार दिनसम्म प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योरसहित ५४ खेलाडीको सहभागिता रहेको थियो । सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित प्रतियोगिताको कुल पुरस्कार राशि १४ लाख ६१ हजार रहेको छ ।