मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४९:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काठमाडौं महानगरको मतगणना बेलुकीसम्ममा सकिने, १२ सय मतपत्र गन्न बाँकी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४९:oo

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। बिहीबार बेलुकीसम्म मतगणना सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार अब वडा नम्बर १४ को तीनवटा मतपेटिका मात्रै गणना गर्न बाँकी छ। त्यसमा करिब १२ सय मतपत्र रहेको अनुमान गरिएको छ। अन्य सबै वडाको मत गणना गरेर सकिएको छ।

बिहीबार बिहान ७ः३० बजेसम्मको मतगणना तथ्यांकअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ५९ हजार एक सय ४९, नेकपा एमालेका केशव स्थापितले ३७ हजार दुई सय १६ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार पाँच सय ४२ मत ल्याएकी छिन्।