१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:१२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति प्रदान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:१२:oo

एनसेल आजियाटा लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई बुधबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत हरेक वर्ष प्रदान गर्ने छात्रवृत्ति योजनाअन्तर्गत वितरण गरेको हो ।

यस वर्ष, अर्थात् २०७८ का लागि १८ वटा शीर्षकअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरेको कम्पनीले जनाएको छ । साथै, उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेको छ । 

इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा. शशीधरराम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्त रूपमा विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए । त्यसैगरी, एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशालमणि उपाध्याय, प्रमुख कानुन, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तीय अधिकारी अनुपम भाटले विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए ।

कोभिड–१९ महामारीका कारणले गर्दा गत वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको कार्यक्रम आयोजना गर्न नसकिएकाले यसै कार्यक्रममा २०७७ सालका १८ जनालाई प्रदान गरिएको छात्रवृत्ति र ६ जना विद्यार्थीलाई प्रदान गरिएको उत्कृष्टता सम्मानको प्रमाणपत्र पनि प्रदान गरिएको कम्पनीले जनाएको छ । संस्थानका डिन प्रा.डा. शशीधरराम जोशीले एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले उदीयमान युवा प्रतिभाहरूका ज्ञान अभिवृद्धि गर्न ठूलो भूमिका खेलेको बताए । उनले भने, ‘यसले ज्ञानको विकासमा योगदान पु¥याउँछ । २०७१ सालदेखि यस कार्यक्रमलाई निरन्तरता दिएकोमा हामी एनसेलप्रति आभारी छौँ ।’ 

कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम हाम्रा सामाजिक पहलमध्ये निकै प्रशंसा गरिएको कार्यक्रम भएको बताए । उनले भने, ‘प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरूको पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ । व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत, शिक्षा क्षेत्र हाम्रो प्राथमिकतामा छ र यसलाई हामी निरन्तर उच्च प्राथकितामा राख्छौं ।’

एनसेल छात्रवृत्ति इन्जिनियरिङ पाँच संकायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाका आधारमा क्रमशः द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, पाँचवटै संकायका छात्रा मध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक–एकजना गरी तीन छात्राले यो छात्रवृत्ति पाउने कम्पनीले जनाएको छ ।

 उत्कृष्टता सम्मानअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका एक–एकजना र यी पाँचै संकायका छात्राहरूमध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रालाई एक लाख रुपैयाँको उत्कृष्टता पुरस्कार तथा सम्मान प्राप्त गर्ने जनाइएको छ ।