Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ जेठ १० मंगलबार २०:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीमा पनि पछि हट्यो एमाले

Read Time : < 1 मिनेट
२०७९ जेठ १० मंगलबार २०:०२:००

लुम्बिनी  प्रदेश सभाका दुई सांसदको विषयलाई लिएर लगातार संसद् अवरुद्ध गर्दै आएको एमाले स्थानीय निर्वाचनको परिणामसँगै पछि हटेको छ । एमालेले उठाउँदै आएको विषय सम्बोधन नभए पनि मंगलबारदेखि संसद् अवरोध हटाउने निर्णयमा एमाले पुगेको छ । 

एमालेको सरकार विस्थापित भएपछि सूर्य चिह्नबाट निर्वाचित भएर गठबन्धन सरकारमा सहभागी विमला वली खत्री र अजय शाहीलाई कारबाहीको माग गर्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको थियो । यसअघि एमालेले संघीय संसद्को अवरोध पनि माग सम्बोधन नभई हटाएको थियो । 

लुम्विनी प्रदेश सभाको मंगलबारको  बैठकमा प्रतिपक्ष दलका नेता एवं पूर्वमुख्यमन्त्री शंकर पोखरेलले सत्तापक्ष गम्भीर नभए पनि जनादेशको सम्मान गर्दै एमालेले एक कदम पछाडि हटेर संसद्को अवरोध अन्त्य गरेको बताए । उनले अवरोध अन्त्यलाई प्रतिपक्षबाट सत्तापक्षलाई सच्चिएर अगाडि बढ्न अवसर प्रदान भएको रूपमा ग्रहण गरी सकारात्मक ढंगले अगाडि बढ्न आग्रह गरे । 

लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेपछि गत २८ साउनमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएको थियो । एमाले संसदीय दलका नेतासमेत रहेका पोखरेलले स्थानीय तहको निर्वाचनका सन्दर्भमा पनि चर्चा गरेका थिए । उनले गठबन्धनको विरोध गर्दै कतिपय ठाउँमा निर्वाचन शान्तिपूर्ण रूपमा नभएको बताएका थिए ।