१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

उदयपुरगढी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:५८:oo

उदयपुरको उदयपुरगढी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । सोमबार नवनिर्वाचित गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई पदीय गोपनीयताको शपथ खुवाएका हुन् । शपथ खाएसँगै जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् ।

गाउँपालिकामा जम्मा ४२ जना नवनिर्वाचित जनप्रतिनिधि छन् । जसमा अध्यक्ष मगरले उपाध्यक्षसहित आठजना वडाअध्यक्ष र सदस्यहरूलाई शपथ खुवाएका थिए । पदभार ग्रहण गर्दै उपाध्यक्ष जितबहादुर खड्काले गाउँपालिकामा गर्नुपर्ने कामहरू सबै जनप्रतिनिधिहरू र कर्मचारीहरू एक भएर गर्नुपर्ने बताए । उनले भने, ‘उदयपुरगढीको समृद्धिका लागि कर्मचारी, जनप्रतिनिधि सबै एक हुनुपर्छ ।’

यसैगरी पदभार ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष केप्छाकी मगरले पहिलो कार्यकालमा गाउँ–गाउँमा बिजुली पुर्‍याउने काम भएको बताउँदै अबका दिनमा खानेपानीमा जोड दिइने बताए । उनले भने, ‘मेरो पहिलो कार्यकालमा बाँकी रहेका केही महत्वपूर्ण काम पूरा गर्नुपर्नेछ । त्यो उदयपुरगढी गाउँपालिकाका जनताको हो । त्यो पूरा गर्न सबैले साथ दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’

उदयपुरको ६ स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधि आइसकेका छन् । जसमा पदभार ग्रहण गर्ने उदयपुरगढीका जनप्रतिनिधिहरू पहिलो हुन् । बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका जनप्रतिनिधिले आगामी बुधबार मात्र पदभार ग्रहण गर्ने बताएका छन् ।  यता, त्रियुगा नगरपालिकामा मतगणना सुरु हुन सकेको छैन भने कटारी नगरपालिकामा मतगणना जारी रहेको छ ।    

ad
ad