मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ९ सोमबार २१:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
२०७९ जेठ ९ सोमबार २१:१८:००

लागुऔषधसहित पोखराबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका- २६ जरुवा बस्ने ३० वर्षीय किशोर परियार, पोखरा- ३१ लामास्वारा बस्ने ३१ वर्षीय बिक्की भन्ने विकास गुरुङ र पोखरा- २६ जरुवा बस्ने ३४ वर्षीय ज्ञानबहादुर पुन रहेको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय सिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा- २६ जरुवास्थित सडकमा शंकास्पद अवस्थामा हिँडिरहेको वेला जाँच गर्ने क्रममा उनीहरूको साथबाट लागुऔषध डाइजापाम ३० एम्पुल, फेनेरागन ३० एम्पुल, नुर्फिन ३० एम्पुल गरी ९० एम्पुल र नाइट्रोभ्याट १५ ट्याबलेट सँगै तीन थान मोबाइल पनि बरामद गरेको छ । 

पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको तिवारीले जानकारी दिए ।