Skip This
गाउँपालिकाका निवर्तमान उपाध्यक्ष वडा सदस्यमा पराजित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

गाउँपालिकाका निवर्तमान उपाध्यक्ष वडा सदस्यमा पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:o८:oo

झापाको कमल गाउँपालिकाका निवर्तमान उपाध्यक्ष वडा सदस्यमा पराजित भएका छन्। निवर्तमान उपाध्यक्ष बेनुप्रसाद सिवाकोटी गाउँपालिका–६ को वडा सदस्यमा पराजित भएका हुन्। उनले एक हजार ४८८ मत प्राप्त गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक रहेका सिवाकोटी जिल्ला समन्वय समितिमा प्रतिस्पर्धा गर्न वडा सदस्यमा उठेका थिए। ०७४ सालको स्थानीय तह निर्वाचनमा कमल गाउँपालिकाको उपाध्यक्ष भएका उनी अहिले वडा सदस्यमै पराजित भएका हुन्।

यद्यपि, गाउँपालिकाको सो वडाको अध्यक्षमा भने एमालेका उम्मेदवार नै विजयी भएका छन्। एमालेका नरेन्द्र भट्टराई एक हजार ७५० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेमकुमार राईले एक हजार ३६७ मत पाएका छन्।

वडाध्यक्षमा एमालेकै उम्मेदवार विजयी भए पनि निवर्तमान उपाध्यक्ष सिवाकोटी भने सदस्यमा पराजित भएका हुन्। पराजयसँगै उनी जिल्ला समन्वय समितिमा जानबाट रोकिएका छन्। सिवाकोटी सधैँ सत्तामा रहेका पात्रका रूपमा स्थानीयस्तरमा परिचित छन्। उनी तत्कालीन लखनपुर गाविसको दुई कार्यकाल उपाध्यक्षसमेत भएका थिए।

ad
ad