१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:o७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

एपेक बैठकमा रुसी आक्रमणको विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o७:oo

एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) समूहका वाणिज्यमन्त्रीको बैठकमा संयुक्त राज्य अमेरिका, क्यानडा र तीन अन्य राष्ट्रका प्रतिनिधिले युक्रेनमा जारी रुसी आक्रमणको विरोध गरेका छन्। 

बैठकको उद्घाटन सत्रमा रुसी प्रतिनिधिले सम्बोधन गर्न थालेपछि उनीहरू बैठककक्षबाट बाहिरिएका हुन्। एकजना जापानी अधिकारीका अनुसार जापानका वाणिज्यमन्त्री कोइची हागिउडाका साथ अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डका वाणिज्यमन्त्री युक्रेनमा रुसको आक्रमणको विरोध गर्न बैठकबाट  बाहिर निस्केका थिए।

युक्रेनमा जारी रुसी आक्रमणबाट कोभिड– १९ को महामारीले तहसनहस बनाएको अर्थतन्त्रमा थप प्रभाव परेको तथा आर्थिक सुधारका गतिविधिलाई सुस्त बनाउनुका साथै मानव जीवन नराम्ररी प्रभावित बनाएकाले विरोधस्वरूप आफूहरूले रुसी समकक्षीको उद्घाटन सम्बोधन बहिष्कार गरेको न्युजिल्यान्डका वाणिज्यमन्त्रीको कार्यालयले जनाएको छ। 

क्यानडाका अन्तर्राष्ट्रिय व्यापारमन्त्री मेरी एनजीले आफ्नो देशले युक्रेनमा गरिएको भीषण आक्रमणका लागि रुसलाई जवाफदेही बनाउन धेरै कारबाही गरिसकेको तथा राष्ट्रपति भ्लादिमिर पुटिन र उनलाई उकास्नेविरुद्ध कडा प्रतिबन्ध समावेश गरिएको बताउँदै सबैले दबाब जारी राख्नुपर्नेमा जोड दिए।

रुसी वाणिज्यमन्त्री रेसेत्निकोभले मन्तव्य पूरा गरेपछि उनीहरू सबैजना बैठकमा पुनः सहभागी भएका थिए। अमेरिकासहितका वाणिज्यमन्त्रीको बैठक बहिष्कार योजनाबद्ध भएको बैठकमा सहभागी एक पर्यवेक्षकले बताए।

पश्चिमी राष्ट्रहरूले युक्रेनमाथिको आक्रमणको विरोध गर्दै  रूसमाथि कडा कूटनीतिक एवं आर्थिक प्रतिबन्ध लगाएका छन्। धेरै एपेक सदस्य राष्ट्रहरू तथा विशेषगरी दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकी देशले त्यस्ता कदमबाट आफूलाई टाढा राखेका छन्।

युक्रेनको युद्धले व्यापारिक समस्या बढाएको छ भने त्यसले खाद्य क्षेत्रमा आपूर्ति शृंखला अवरुद्ध गरेको पारेको छ। सन् १९८९ मा सदस्य राष्ट्रहरूबीच आर्थिक एकीकरण र व्यापार प्रवर्द्धन गर्दै आर्थिक वृद्धिलाई बढावा दिन एपेक स्थापना गरिएको हो। रासस/एपी