१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

तुलसीपुरको एउटै वडामा ९०६ मत बदर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:५२:oo

तुलसीपुरको एउटै वडामा नाै सय ६ मत बदर भएको पाइएको छ। तीन हजार सात सय ४१ मत खसेको उक्त वडामा नाै सय ६ मत बदर भएको हो। बदर भएको उक्त मत उपमेयर पदको मात्र हो।

तुसलीपुर उपमहानगरपालिका– ५ मा उक्त मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिए। उनका अनुसार बदर भएको यो मत अत्यधिक हो।

तुलसीपुर– ४ मा पनि त्यत्तिकै मत बदर भएको छ। चार हजार एक सय ७७ मत खसेको ४ नम्बर वडामा आठ सय ६१ मत बदर भएको छ। त्यसैगरी, वडा नम्बर १ मा तीन सय ९६ र वडा नम्बर २ मा तीन सय ६४ मत बदर भएको छ।  

यसपटक धेरै दलको गठबन्धन भएको र एउटै पदमा धेरै छाप लगाएकाले धेरै मत बदर भएको निर्वाचन अधिकृत अर्यालले बताए। क्रस गरेर मतदान गर्न खोज्दा प्रायः यस्तो समस्या भएको हो।

ad
ad