Skip This
ad
गुल्मीमा फेरिएको चुनावी समीकरण : ०७४ सालमा हराउनेले अहिले जिताए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार ११:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीमा फेरिएको चुनावी समीकरण : ०७४ सालमा हराउनेले अहिले जिताए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:५९:oo

गुल्मीको छत्रकोट गाउँपालिका प्रमुखमा एमालेका रामप्रसाद पाण्डेय निर्वाचित भएका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग पराजित भएका पाण्डेय अहिले एमालेबाटै निर्वाचित भएका हुन् । केही समयअघि मात्र उनी धेरै कार्यकर्तासहित एमाले प्रवेश गरेका थिए। गत स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट छत्रकोटको प्रमुखमा अनन्तराम पौडेल र उपप्रमुखमा पाण्डेय उठेका थिए । त्यसवेला दुवैजनाले पराजय भोगेका थिए। गत निर्वाचनमा एकै प्यानलबाट लडेका पौडेल र पाण्डेय अहिले छुट्टाछुट्टै थिए। अहिले पौडेल जनमोर्चासँग तालमेल गरेर प्रमुखमा उठ्दा पाण्डेय एमालेबाट प्रमुखको उम्मेदवार बने। पौडेल अहिले पनि पराजित भए भने पाण्डेय छत्रकोट गाउँपालिका प्रमुखमा विजयी भए।
 
माओवादीले पहिले एमाले हरायाे, अहिले कांग्रेस

धुर्कोट गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका भूपाल पोख्रेल निर्वाचित भएका छन् । उनी दोस्रोपटक गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । ०७४ मा कांग्रेससँग गठबन्धन गरेर गाउँपालिका प्रमुख भएका थिए । यसपटक धुर्कोटमा माओवादी–एमाले र कांग्रेस–एकीकृत समाजवादी गठबन्धन बन्यो । ०७४ सालमा जिताउन भूमिका खेलेको कांग्रेसलाई नै अहिले पोख्रेलले एमालेसँग गठबन्धन गरेर पराजित गरिदिए । गत स्थानीय तहमा पराजित एमालेले अहिले माओवादीसँग गठबन्धन गरेर पोख्रेललाई गाउँपालिका प्रमुखमा जितायो। 

एमालेसँग मिलेर माओवादी हराएको कांग्रेसले अहिले जितायो
चन्द्रकोट गाउँपालिका प्रमुखमा माओवादीका युवराज केसी निर्वाचित भएका छन् । उनलाई ०७४ मा कांग्रेस र एमाले मिलेर पराजित गरेका थिए ।  अहिले उनै केसीलाई कांग्रेसले प्रमुख बनाउन सहयोग गर्‍याे ।

यता, मालिका गाउँपालिकामा देवीराम अर्याल प्रमुख पदमा निर्वाचित भएका छन्। ०७४ को निर्वाचनमा एमालेसँग मिलेर हराएको कांग्रेसले अहिले उनै अर्याललाई जिताएको छ।

कालीगण्डकीमा प्रमुख गुमाउँदै, उपाध्यक्ष जिताउँदै एमाले
कालीगण्डकी गाउँपालिकामा एमालेले दुवै स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुख गुमाएको छ । गत स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखमा एमालेका टीकाराम ढकाल पराजित भए । उपाध्यक्षमा सूर्य चिह्नबाट उठेकी जनमोर्चाकी तारा थापा विजयी भइन् । ०७४ को स्थानीय तहको निर्वाचनमा एमाले–जनमोर्चा गठबन्धन थियो । अहिले पनि एमालेबाट प्रमुखमा राम्जी ढकाल पराजित भए। उपप्रमुखमा सूर्य चिह्न लिएर उठेकी माओवादीकी मञ्जु दर्लामी विजयी भइन् । अहिले यहाँ एमाले–माओवादीबीच गठबन्धन थियो।

ad
ad