मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ६ शुक्रबार ०६:३५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

११ सय रुपैयाँमा वर्ल्डलिंकको दुई सय एमबिपिएस इन्टरनेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ६ शुक्रबार ०६:३५:००

इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले तीन हजार तीन सय रुपैयाँमै दुई सय एमबिपिएस गतिको अनलिमिटेड तीनमहिने इन्टरनेट प्याकेज ल्याएको छ । कम्पनीले नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै यो प्याकेज ल्याएको हो  । 

ग्राहकका लागि यो प्याकेज बजारमा उपलब्ध भएकामध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ । यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर नि:शुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ । केबल राउटरका लागि एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने कम्पनीको भनाइ छ ।  

राउटर डिपोजिट र इन्टरनेट शुल्कबाहेक ग्राहकले थप अन्य कुनै पनि शीर्षकमा शुल्क तिर्नुनपर्ने कम्पनीले जनाएको छ । यो प्याकेजबाट विशेष गरी नेटटिभी आवश्यक नपर्ने ग्राहक लाभान्वित हुने अपेक्षा लिएको जनाइएको छ । यो प्याकेजमा नेटटिभीबाहेकका सुविधा भने उपलब्ध हुने कम्पनीले जनाएको छ ।

जसअनुसार ग्राहकले पाँचवटा डिभाइसमार्फत कम्पनीका १४ हजारभन्दा बढी वाइफाई हटस्पटमा अनलिमिटेड डेटा चलाउन सकिने ‘वाइफाई मोबिलिटी’को सुविधा पाउने जनाइएको छ । यसका साथै ‘तुरुन्तै सर्भिस ग्यारेन्टी’का रूपमा इन्टरनेटमा समस्या आउँदा दुई घन्टाभित्र समाधान नभए थप दुई दिनको इन्टरनेट सुविधासमेत उपलब्ध हुने कम्पनीको दाबी छ । 

यसबाहेक ‘टाइम ब्याक’ अर्थात् इन्टरनेट अवरुद्ध भएको समयसमेत थप हुने कम्पनीले जनाएको छ । यो प्याकेज विद्यमान ग्राहकहरूका लागिसमेत उपलब्ध रहेको जनाइएको छ । गुणस्तरीय सेवा कायम गर्दै ग्राहकका लागि सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउन लागिपरेको कम्पनीले उल्लेख गरेको छ । नेटटिभी आवश्यक पर्ने ग्राहकले भने चार हजार ५० रुपैयाँमा कम्पनीको दुई सय एमबिपिएसको तीनमहिने प्याकेज लिन सक्ने जनाइएको छ ।