निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १९ आइतबार
  • Sunday, 03 July, 2022
निकोल कुरेतो
२०७९ जेठ ६ शुक्रबार ०७:२७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

मार्कोस परिवारको  फिर्ती : विश्वलाई चेतावनी 

देश/परदेश

Read Time : > 2 मिनेट
निकोल कुरेतो
२०७९ जेठ ६ शुक्रबार ०७:२७:००

मार्कोस परिवारको फिलिपिनो राजनीतिमा फिर्ती रातारात भएको होइन, दशकौँ लामो सांस्कृतिक युद्धको परिणाम हो । यो उपस्थिति बाँकी विश्वका लागि एक चेतावनीयुक्त पाठ हो ।

लिपिन्समा बाल पुस्तक प्रकाशक अडारना हाउसले गत साता सामाजिक सञ्जालमा ‘ह्यासट्याग नेभर अगेन’ नाममा निकालिएको एउटा पुस्तक संग्रहमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो । इक्विपो प्लान्टेलको ‘दिस इज अ डिक्टेटरसिप’को तागालोग भाषामा गरिएको अनुवाद ‘इटो एङ्ग डिक्टादुरा’ यो संग्रहमा समावेश छ । यो पुस्तक पहिलोपटक स्पेन फ्रान्कोको तानाशाहीबाट मुक्त हुँदै गर्दा प्रकाशित भएको थियो ।

नियमित पुस्तक छुट कार्यक्रम एकाएक महत्वपूर्ण राजनीतिक चाल बन्न पुग्यो । पुस्तक बिक्रीमा छुटको योजना दिवंगत तानाशाह मार्कोस सिनियरका छोरा फर्डिनान्ड ‘बोङबोङ’ मार्कोस जुनियर फिलिपिन्सको राष्ट्रपति चुनावमा भारी मतले जितेको दुई दिनपछि ल्याइएको थियो । संग्रहमा रहेको इटो एङ्ग डिक्टादुरामा मार्कोस सिनियरसँगै तानाशाह निकोले सेइजेस्क्यु, इदी अमिन र पोलपोटबारे उल्लेख गरिएको थियो । मार्कोसको दुई दशकको कार्यकालमा हजारौँको हत्या गरियो, यातना दिइयो र कैयौँलाई ‘बेपत्ता’ बनाइयो । मार्कोस परिवार र आसेपासेले एक अर्ब अमेरिकी डलरसम्मको लुटपाटले फिलिपिन्सलाई ‘क्लेप्टोक्रेसी’ (चोरतन्त्र) मा परिणत गरिदिएको थियो ।

फिलिपिन्सले सन् १९८६ मा मार्कोस परिवार र आसेपासेको पतनको घोषणा ग¥यो । अहिंसात्मक विद्रोहपछि मार्कोस परिवार अमेरिकाको हवाईमा शरण लिन बाध्य भयो । लोकतान्त्रिक संस्था बिस्तारै र अपर्याप्त रूपमा भए पनि पुनर्निर्माण भइरहेका थिए । तर, सन् २०२२ मा मुलुकले आफ्नो मनस्थिति बदलेको भान हुन्छ । मार्कोस जुनियर राष्ट्रपति चुनाव अभियानमा लगातार अग्रपंक्तिमा थिए । उनको जित अपेक्षित थियो । मार्कोस परिवारको राजनीतिक पुनरुत्थानमा धेरै कारण छन् । केहीका अनुसार पुनरुत्थान ३० वर्षपहिल्यै सुरु भएको हो, जब मार्कोस परिवारलाई वर्षौंको निर्वासनपछि फिलिपिन्स फर्किने अनुमति दिइएको थियो । त्यसवेलादेखि फिलिपिन्सको राजनीतिक प्रक्रियामा परिवार सामान्यीकृत हुँदै गयो । मार्कोस परिवारलाई बहिष्कृत गर्नुको साटो लाइफस्टाइल म्यागजिन र टक सोले परिवारलाई चर्चित बनाउने काम गरे । उदाहरण, सन् १९९० मा बोङबोङको तस्बिर मेट्रो नामको पत्रिकाको वार्षिकोत्सव अंकको कभरमा ‘सबैभन्दा उकृष्ट र तेज’ भन्दै प्रकाशित गरिएको थियो । 

विगत १० वर्षमा मार्कोस परिवारको प्रशंसाले नयाँ उचाइ प्राप्त गरेको छ । मिडिया अध्ययनका विद्वान्हरूले मार्कोस बिरासतलाई पुल, अस्पताल, सांस्कृतिक केन्द्र र वायुमिल निर्माणसँग जोड्ने युट्युब च्यानलमा ठूलो बढोत्तरी भएको टिप्पणी गरेका छन्, जहाँ फिलिपिन्स विश्वमै ईष्र्यालाग्दो बनेको देखाइन्छ भने यी संरचना निर्माणमा भएको भ्रष्टाचार र यसले निम्त्याइएको अत्यधिक ऋणभारको उल्लेख गरिँदैन । 

टिकटकमा मार्कोस परिवारको सम्पत्तिका किस्सा भाइरल भएका छन् । मार्कोस समर्थित एक किस्साअनुसार वकिलसमेत रहेका मार्कोस सिनियरलाई कानुनी काम गरेबापत सुनका इँट्टाको पारिश्रमिक दिइएको थियो र यो किस्साले परिवार धनी हुनुको कारण प्रस्तुत गर्छ । मार्कोस जुनियर पनि सामाजिक सञ्जालमा अत्यन्तै सक्रिय छन्, तर उनले चुनावी अभियानका क्रममा कुनै पनि बहस वा पत्रकार सम्मेलनमा भाग लिन अस्वीकार गरे । उनले आफू मानिससँग प्रत्यक्ष कुराकानी गर्न मन पराउँछन् र आफ्नो ‘भ्लग’मार्फत बारम्बार आफू र परिवारलाई उत्कृष्ट जीवन बिताइरहेको देखाउँछन् । छोरा स्यान्ड्रोलाई टिकटक इन्फ्लुएन्सरले कोरियाली सिनेमाका लागि योग्य हिरोका रूपमा देखाउँछन् । क्याम्ब्रिज एनालिटिकाका ह्विसलब्लोअर (मुखबिर) ले मार्कोस परिवारले एनालिटिकालाई कथित रूपमा ‘पारिवारिक छवि पुनः निर्माण’का लागि सहयोगको अनुरोध गरेका थिए । यद्यपि मार्कोस परिवारले यसलाई अस्वीकार गरेको छ ।

प्रकाशक, इतिहासकार, शिक्षक, विद्वान् र पत्रकारले मार्कोस शासनकाल स्वर्णयुग थियो भन्ने दाबीको खण्डन गरिरहेका छन्, सन्दर्भमा अडारना हाउसको पुस्तक छुट योजना आएको हो । मार्कोस जुनियर राष्ट्रपति भएको दुई दिनमा मार्कोस सिनियर सत्ताले गरेको अत्याचार र लुटको दस्ताबेजीकरण गर्ने ऐतिहासिक अभिलेखलाई डिजिटलाइज र संरक्षण गर्न आह्वान गरिएको छ । कलाकार र सेलिब्रेटीले पनि इतिहास संशोधनको विरोध गर्ने गरी टिकटकमा भिडियो हालिरहेका छन् । 

तर यो काम सजिलो छैन । ‘कम्युनिस्ट विद्रोह’विरुद्ध लड्न स्थापना गरिएको राष्ट्रिय आयोगले अडारना हाउसलाई किशोर–किशोरीलाई ‘कट्टरपन्थी’ बनाएको आरोप लगाएको छ । तानाशाहीविरोधी साहित्य बोकेका स्वतन्त्र पुस्तक पसलमा चुनावअघि कम्युनिस्टविरोधी भित्तिचित्र बनाएर तोडफोड गरिएको थियो । मार्कोस जुनियरको पार्टीका उम्मेदवार सारा दुतेर्तेलाई पहिलो क्याबिनेट नियुक्तिमध्ये एकका रूपमा शिक्षा विभागमा नियुक्त गरिएको छ । रोड्रिगो दुतेर्तेको घातक लागुऔषधविरुद्धको युद्धले अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई मानवताविरुद्धको अपराधको अनुसन्धानलाई अनुमोदन गर्न प्रेरित गरेको छ र यसलाई सरकारको अनुरोधमा गत वर्ष स्थगित गरिएको थियो । फिलिपिन्सका विद्यार्थीले भविष्यमा कस्तो प्रकारको मानवअधिकार शिक्षा पाउनेछन् भनेर शिक्षक चिन्तित छन् ।

विपक्षी आवाजलाई नियमित रूपमा धेरै सामाजिक सञ्जालमा ट्रोल सेनाले आक्रमण गरिरहेका छन् । नतिजा सामाजिक सञ्जालमा असहमतिको कुनै गुन्जाइस छैन । मार्कोस जुनियरका मुख्य प्रतिद्वन्द्वी, उपराष्ट्रपति लेनी रोब्रेडोको अनुभव उदाहरणीय छ । रोब्रेडोको चुनावी अभियानभरि उनलाई मूर्ख र बेतुके मानिसका रूपमा चित्रण गरीएका भिडियो टिकटकमा छरपस्ट थिए । मार्कोस जुनियरका यी आक्रमण ध्यान दिन योग्य छन् किनभने यसले सबै आलोचकलाई गलत कारणले पनि तपाईं भाइरल हुन सक्नुहुन्छ भन्ने चेतावनी दिन्छ । 

मार्कोस परिवारको फिलिपिनो राजनीतिमा फिर्ती रातारात भएको होइन, दशकौँ लामो सांस्कृतिक युद्धको परिणाम हो । यो उपस्थिति बाँकी विश्वका लागि एक चेतावनीयुक्त पाठ हो ।

द गार्जियनबाट

(कुरेतो क्यानबेरा विश्वविद्यालयका राजनीतिक समाजशास्त्रका प्राध्यापक हुन्)