१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख ३१ सोमबार o७:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:१८:oo

सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार विजयी भएका छन् । सम्पन्न मतगणनाको परिणामअनुसार हरिवन नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) विजयी भएका छन् । उनले नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका निवर्तमान मेयर गणेशप्रसाद प्रसाईंलाई एक सय ५३ मतान्तरले पराजित गरेका छन् । 

निकै प्रतिस्पर्धात्मक बनेको निर्वाचनको मतपरिणामसमेत निकै रोमाञ्चक बनेको थियो । नगरका अधिकांश वडाको मत परिणाम आउँदा तेस्रो स्थानमा पुगेका उनले केही वडा बाँकी रहँदा आफूलाई प्रतिस्पर्धामा ल्याएका थिए । अन्तिम दुई वडामा आइपुग्दा बुढाथोकी र प्रसाईंबीच सयभन्दा तलको अग्रताको प्रतिस्पर्धा भएको थियो ।

अन्ततः बुढाथोकीले कुल सात हजार दुई मत प्राप्त गरी जित निकालेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार एवं निवर्तमान मेयर प्रसाईंले ६ हजार आठ सय ४९ मत मात्र प्राप्त गरे । निर्वाचित मेयर बुढाथोकी ०७४ सालको स्थानीय तहको निर्वाचनमा निवर्तमान मेयर प्रसाईंसँग पराजित भएका थिए । 

यस्तै, नगरको उपमेयरमा नेकपा एमालेकी  उम्मेदवार हरिमाया घलान विजयी भएकी छिन् । घलानले ६ हजार आठ सय ५५ मतसहित विजयी भएकी हुन् । उनकी निकटतम् प्रतिस्पर्धीको रूपमा देखिएकी माओवादी केन्द्रकी पद्मा मोक्ताले पाँच हजार तीन सय २१ मत मात्र प्राप्त गर्दै पराजित भइन् । 

वडाध्यक्षतर्फ हरिवन १ मा  कांग्रेसका टमबहादुर घिसिङ, २ मा कांग्रेसका अर्जुनकुमार योञ्जन, ३ मा एमालेबाट दीपमान लोप्चन, ४ मा कांग्रेसका केशवराज थापा, ५ मा एकीकृत समाजवादीका नागेन्द्रकुमार साह, ६ मा एकीकृत समाजवादीका सन्तलाल घिसिङ र ७ मा एमालेका नीरध्वज कार्की विजयी भएका छन् । 

यसैगरी वडा नं ८ मा एमालेका प्रज्ज्वल ढुंगाना, ९ मा कांग्रेसका कोकिलानन्द उप्रेती, १० मा एमालेका शम्भुप्रसाद मैनाली र ११ मा एमालेका शेष मेहबुब रेजा विजयी हुन सफल भए । 


 

ad
ad