Skip This
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसको प्यानलै विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Monday, 17 June, 2024
२o७९ जेठ २ सोमबार २३:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसको प्यानलै विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार २३:४३:oo

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षमा रामपदारथ साह तेलीले ४,६६८ मत प्राप्त गरी विजय हासिल गरे । गाउँपालिका उपाध्यक्षमा श्यामकला यादवले ४,६१० मत प्राप्त गरी जित निकाल्न सफल भइन् । 

गाउँपालिका अध्यक्षको निकटतम् प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान अध्यक्ष विनोदकुमार साहले ३,२७१ मत मात्र प्राप्त गरे । यस्तै, उपाध्यक्षको निकटतम् प्रतिस्पर्धी लोसपाकी गीतादेवी रायले ३,३११ मत प्राप्त गरिन् । 

यस्तै, यस गाउँपालिकाको वडाध्यक्षमा १ नम्बरमा कांग्रेसका निरञ्जनप्रसाद कल्वार, २ नम्बरमा शंकर साह तेली, ३ नम्बरमा गौतमकुमार यादव, ४ नम्बरमा श्यामबाबु साह, ५ नम्बरमा नवीनकुमार यादव र ६ नम्बरमा हरेन्द्रकुमार यादव विजयी भएका छन् । 

योसहित नेपाली कांग्रेसले सर्लाहीको हरिपुर नगरपालिका र धन्कौल गाउँपालिकासमेत गरी तीन स्थानीय तहमा जित निकालेको छ । 


 

ad
ad
ad
ad